मूल प्रवाह केन्द्रीय समिति र क्षेत्रीय समितिद्धारा रुपाप्रति श्रद्धाञ्जली

नयाँ दिल्ली, मार्च २५ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ महिला नगर विभागकी सदस्य रुपा थापाको २४ मार्च २०२४ को राती सडक दुर्घटनामा दुःखद निधन भएको घटनाप्रति केन्द्रीय समिति र सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिले श्रद्धाञ्जली प्रकट गर्नुका साथै घाइतेहरुप्रति सिघ्र स्वास्थ्य लाभ गरेको छ ।

केन्द्रीय अध्यक्ष ठाकुर खनाल र सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष प्रेम सापकोटाले छुट्टाछुट्टै वक्तव्य जारि गर्दै लेख्नु भएको छः

“रुपा केसीको निधनले सिंगो संगठनमा अतुलनिय क्षति पुगेको छ । वहाँको निधनले शोकमग्न परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुका साथै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछौं । साथै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छौं ।”

आज विहान केन्द्रीय अध्यक्ष ठाकुर खनाल र सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष प्रेम सापकोट घटनाको निरिक्षण गरि नगर अध्यक्ष मान बहादुर केसीको घरमा पुग्नुभएको छ । खनाल र सापकोटाले केसी परिवारलाई सान्त्वना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार