नेकपा (मसाल) द्वारा रूपा केसीप्रति श्रद्धाञ्जली

काठमाडौँ । नेकपा (मसाल) ले आफ्नो पार्टीका सदस्य रूपा केसी (का. चिनु) प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० चैत १६ गते जारी शोकवक्तव्यमार्फत् पार्टीले समवेदना व्यक्त गरेको हो ।

शोकवक्तव्यमा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दैै उहाँसँगै दुर्घटनामा पर्नुभएका गोपाल खड्का र कोपिला थापाको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरिएको छ ।

रूपाको निधनबाट पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको बताइएको शोकवक्तव्यको पूर्ण पाठ यस्तो छ :

“गुल्मी जिल्लाको साविक अबेना–५ निवासी कामरेड रूपा केसी (का. चिनु) यही मार्च २४, २०२४ को राति भारतको पञ्चकुलाको मोरनी हिल्सस्थित नेचर पार्कबाट साङ्गठनिक कार्यक्रम समापन गरेर चण्डिगढ फर्कने क्रममा सडक दुर्घटनामा मृत्यु भएको छ । उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हामीले हार्दिक समवेदना व्यक्त गर्दछौँ । उहाँसँगै दुर्घटनामा पर्नु भएका गोपाल खड्का र कोपिला थापाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।

का. चिनु हाम्रो पार्टीको इमान्दार, अनुशासित र जुझारु सदस्य हुनुहुन्थ्यो । रोजगारीको सिलसिलामा लामो समयदेखि भारतको चण्डिगढमा रहँदै आउनुभएकी का. चिनु पार्टीको चण्डिगढ सेल कमिटीमा कार्यरत हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।

अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार