भारतमा मृत्यु भएका पाल्पाका युवकको मूल प्रवाहको पहलमा दाहसंस्कार

खिमराज चालिसे,

चन्डिगढ । भारतको चन्डिगढमा मृत्यु भएका पाल्पाका एक युवकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दाहसंस्कार गरेको छ ।

मार्च ३१, २०२४ आइतबारका दिन मूल प्रवाहको पहलमा दाहसंस्कार गरिएको हो ।

चन्डिगढ पुलिसले मृत अवस्थामा फेला पारेको ३८ बर्षीय नेपाली युवक पिनबहादुर सुनारी को आफन्तहरूको रोहवरमा पोस्टमार्टम एवम् दाहसंस्कार गरिएको छ ।

निज युवक पाल्पा जिल्ला निस्दी गाउँपालिका वडा नं. ६ अर्चले निवासी ज्ञानबहादुर सुनार छोरा पिनबहादुर सुनारी भएको आफन्तले पुष्टि गरेको छन् ।

चन्डिगढको सेक्टर ३ स्थित जङ्गल एरियामा निज युवकले के काम गर्थे ? कुन ठाउँमा बस्थे ? आत्महत्या कि हत्या ? लगायतको विषयमा प्रहरी अनुसन्धान गरिरहेको एएसआई करण सिंहले बताए । दाहसंस्कार स्थलमा सञ्चारकर्मी खिमराज चालिसेको सञ्चालनमा शोकसभा सम्पन्न भएको थियो । शोकसभामा मृतकप्रति श्रद्धाञ्जली स्वरुप एक मिनट मौन धारण गरिएको थियो ।

सो स्थानमा मूल प्रवाह र प्रवासी नेपाली सङ्घका नेता कार्यकर्ता तथा मृतकका आफन्तजनको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार