चंडिगढ, २६ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति चण्डीगढद्वारा संचालित अखिल भारत नेपाली विद्यार्थी संघ चण्डीगढ नगरको आयोजनामा रचनात्मक कार्यक्रम सहित हाजिरी जवाफ प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको छ ।
मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खड्काको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा मूल प्रवाह केन्द्रीय सदस्य एंव नेपाली समाचार संयोजक खिमराज चालिसे, केन्द्रीय सदस्य तिलक पौडेल, केन्द्रीय सलाहकार प्रेम आचार्य, परिषद सदस्य थमन थापा र मान बहादुर केसी,अखिल भारत नेपाली विद्यार्थी संघका केन्द्रीय अध्यक्ष माधव पोखरेल, साँस्कृतिक बिभाग केन्द्रका विनु नेपाली, मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य जुना चालिसे र तेज बहादुर रोका, बिद्यार्थी केन्द्रीय सदस्य नारायण आचार्य, महिला नगर संयोजक माया आचार्य लगाएतले सम्वोधन गर्नु भएको थियो ।
हाजीरी जवाफ प्रतियोगितामा प्रथम तन्नु अर्यालको नेतृत्वमा रहेको दिवश आचार्य नम्रता भुसाल, हेमराज विक, सचिन भुसाल सहितको टिम दोश्रो सम्झना विकको नेतृत्व रहेको अनन्या आचार्य, आसु सुवेदी, ललीत खडका, दिपेश बेल्बासे रहेको टिम, तेश्रो बनिता अर्याल नेतृत्व रहेको सृजना ज्ञावली, सिमा विष्ट, निखिल पान्डे, सन्दिप रिजाल रहेको टिम, विजेता रहे भने सान्तवना पुरस्कार सन्दिप आचार्य नेतृत्व रहेको ईश्वर सुवेदी, सन्दिप विक, सारभ पान्डे, ईभा थापा समेतको टिम र दिपक चालीसेको नेतृत्व रहेको सागर गुरुङ,संगिता विक, अंकिता खनाल, विवेक पान्डे सहितको टिमलाई दिईएको थियो ।
त्यसै गरि साँस्कृतिक कार्यक्रममा उत्कृष्ट कलाकारहरूलाई सम्मान गरिएको थियो। जस्मा सुरज चालिसे, सन्दिप विक, हेमराज विक, सम्झना विक, संगिता विक, सिमा विष्ट, कल्पना जीसी, दिपक चालीसे, बनिता अर्याल, ऋषिका, अनन्या आचार्य, अंकिता खनाल, ईशा थापा,न करिना थापा, सागर जीएम, सिमरन खडका, नम्रता भुसाल लगाएत हुनुहुन्थ्यो ।
कार्यक्रम नगर अध्यक्ष रामप्रसाद पन्थीको सञ्चालनमा तथा नगर सचिव सुरज चालिसेको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत बनिता अर्याल र सांस्कृतिक कलाकारहरूले गर्नु भएको थियो ।