महिला नेतृ रुपा केसीको श्रद्धान्जली सभा सम्पन्न

खिमराज चालीसे
चंडिगढ, ६ अप्रेल । दिवांगत रुपा केसीको श्रद्धाञ्जली सभा हिजो तेह्रौ दिन ५ अप्रेल २०२४ को औपचारिक रुपमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिले सम्पन्न गरेको छ ।

स्मृतिशेष रुपा केसीको योगदान बारे चर्चा गर्दै मूल प्रवाह केन्द्रीय सचिव एंव सुदुर पश्चिमोत्तर क्षेत्रिय अध्यक्ष प्रेम सापकोटाले संगठनमा अपुणर्निय क्षती भएको धारणा राख्नु भयो। वहाले अब शोकलाई शक्तीमा बदल्नु पर्ने विचार समेत व्यक्त गर्नु भएको थियो।

श्रद्धान्जली सभामा मूल प्रवाहका केन्द्रीय सल्लाहकार प्रेम आचार्य, प्रवासी नेपाली संघ भारतकी केन्द्रीय नेता मिना पोखरेल, नेपाली जनसम्पर्क समितिका क्षेत्रिय नेता गोविन्द भट्टराईले शोकमन्तव्य दिनु भएको थियो।

उक्त कार्यक्रममा अखिल भारत नेपाली एकता मन्चका , प्रवासी नेपाली एकता मंच, गोर्खा समाज लगाएतका संघसस्थाहरुका नेता कार्यक्रताहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रम नगर अध्यक्ष एंव रुपा केसीका श्रीमान मान बहादुर केसीको अध्यक्षतामा तथा नगर सचिव तेज बहादुर रोकाको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार