अम्बालाबाट बेपत्ता अर्जुन लामाको खोजीमा मूल प्रवाह

चंडिगढ,४ अप्रेल । सर्लाहि जिल्लाको हरिबन नगरपालिका वार्ड नम्वर ४ हरिबन निवासी अर्जुन लामा भारतको हरियाणा राज्यको अम्बालाबाट ३१ मार्च २०२४ देखि श्रीमती र दुई छोरीहरु अलपत्र छोडि बेपत्ता भएका छन।

५ फूट उचाइ, गहुँगोरो वर्ण भएका अर्जुन लामा वर्ष ३६ को खोजतलासका लागि श्रीमती हन्सा लामाले मूल प्रवाहसँग आग्रह गरेकी छन । अर्जुनको श्रीमती हन्सा लामाले मूल प्रवाह अम्बालालाई दिएको निवेदनका आधारमा उनको खोजी शुरु गरिएको छ।

नेपालमा रामलाल घिसीङ भनेर चिनीने अर्जुन लामा भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय वा प्रेम रसाली +917015273861 र हन्सा लामा +917404734268 नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार