ओमप्रकाश सापकोटालाई स्वदेश विदाई

खिमराज चालीसे
रोपड, ४ अप्रेल २०२४ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पसश्चमोत्तर क्षेत्रीय समिति अन्तर्गत रोपड नगर समितिका संस्थापक सदस्य एवं निवर्तमान नगर अध्यक्ष ओम प्रकाश सापकोटालाई अप्रेल ४, २०२४ का दिन सम्मान सहित प्रवासबाट विदाई गरिएको छ ।

१९९० देखि मूल प्रवाहको सदस्यता लिएर निरन्तर विभिन्न जिम्वेवारीहरु निभाउँदै आउनु भएका ओमप्रकाश सापकोटा र महिला नगर सदस्य टिकादेवी सापकोटालाई वहाँहरुको सम्मान गर्दै मूल प्रवाहबाट विदाई गरिएको हो ।

विदाई समारोहमा सापकोटा दम्पतीलाई मूल प्रवाह केन्द्रीय सचिव एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले अबिर लगाएर सम्मान गर्नुभएको थियो । त्यसपछी नगर समितिको तर्फबाट स्मृति चिन्ह र प्रमाणपत्र दिएर सम्मान सहित विदाइ गरिएको हो ।

मूल प्रवाह केन्द्रीय सचिव एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, जनजाति क्षेत्रिय संयोजक बिल बहादुर गुरुङ, मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य शिबलाल लामिछाने, राजमो नवलपुरका छबिलाल सापकोटा, क्षेत्रीय सदस्य खगि थापा, महिला क्षेत्रीय सदस्य मन्जु थापा लगाएतको आथित्यता रहेको सो कार्यक्रममा नगर समितिका लाल बहादुर थापा, रक्तिम नगरकी रुपा कार्की, विद्यार्थी संघकी प्रतीक्षा थापा, पारिवारिक सदस्य टिकाराम पौडेल लगाएतले शुभकामना दिनुभएको थियो ।

आफू स्वदेशमा राजमोसँग आवद्ध भएर निरन्तर आन्दोलनमा होमिने प्रतिबद्धता गर्दै सभालाई ओमप्रकाश सापकोटाले सम्वोधन गर्नुभएको थियो । कार्यक्रम भक्त बहादुर थापाको अध्यक्षतामा तथा मदन थापाको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत भिम बहादुर कार्कीले गर्नुभएको थियो ।

जैमीनी नगरपालिका दमेक बाग्लुङमा बुबा लिलाधर सापकोटा र आमा जएकला सापकोटाको कोखबाट जन्मिएका सापकोटा हाल नबलपुर जिल्लाको गैडाकोट नगरपालिका वार्ड नम्वर ७ निवासी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार