मृगौला पीडितलाई मूल प्रवाहको सहयोग

कोटी प्रसाद पोख्रेल
चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम र उत्तर नगर समितिले मृगौला पीडित धनबहादुर थापा वर्ष ३४ लाई २०७०० बीस हजार सात सय भारु सहयोग गरेको छ ।

प्युठान जिल्ला माण्डवी गाउँपालिका ३ मार्सिबाङ निवासी नन्दबहादुर थापाको छोरा धनबहादुर थापा वर्ष ३४ भारतको तामिलनाडु चेन्नईमा मजदुरी गरि जीवन चलाउँदै आउनुभएको थियो । उहाँको दुवै मिर्गौला फेल भई आर्थिक समस्या परेपछि मूल प्रवाह चेन्नई उत्तर र पश्चिम नगर समितिको पहलमा आर्थिक संकलन गरि चेन्नई उत्तर नगर समितिका अध्यक्ष गोपाल बिक पश्चिम नगर समितिका सदस्य राजेश बिक र क्षेत्रीय सदस्य खगेश्वर सुनारको उपस्थितमा धनबहादुर थापा र उहाँको श्रीमती कमला थापालाई बिस हजार सात सय भारु आर्थिक हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार