चंडिगढमा लेनिन दिवश तथा पार्टी स्थापना दिवश मनाइयो

खिमराज चालिसे
चंडिगढ, २२ अप्रेल । अन्तर्राष्ट्रिय एकताको लागी प्रवासी नेपाली जनताको मंच चंडिगढको आयोजनामा सोमबार बैसाख १० गते नेकपाको ७६औं स्थापना दिवश तथा विश्व सर्वहारा वर्गका महान नेता का. लेनिनको १५५औं जन्मदिवश समारोहको कार्यक्रम भव्य र सानदार रुपमा सम्पन्न गरिएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडकाले अन्तर्राष्ट्रिय रुपमा रक्षात्मक अवश्थामा रहेको माक्र्सवाद लेनिनवाद तथा माओ विचारधाराको रक्षक बन्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

सभामा सम्वोधन गर्ने अन्य वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय सदस्य एंव नेपाली समाचारका संयोजक खिमराज चालीसे, मूल प्रवाह केन्द्रीय सल्लाहकार प्रेम आचार्य, अखिल भारत नेपाली विद्यार्थी संघको केन्द्रीय अध्यक्ष माधव पोख्रेल, साँस्कृतिक विभागका केन्द्रीय सदस्य बिनु नेपाली, महिला क्षेत्रीय सदस्यहरु सरस्वता भुसाल र बिष्णु अर्याल, नगर सहसचिव थानेश्वर पाण्डे, समता विभागका अर्जुन विक लगाएत हुनुहुन्थ्यो।

कार्यक्रम तेज बहादुर रोकाको सञ्चालनमा तथा मान बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत थमन थापाले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार