चेन्नईमा लेनिन दिवश तथा नेकपाको स्थापना दिवश कार्यक्रम सम्पन्न

कोटी प्रसाद पोख्रेल
चेन्नई । अन्तर्राष्ट्रिय एकताको लागि प्रवासी नेपाली जनताको मंच चेन्नई पूर्व, पश्चिम, उत्तर र दक्षिण नगर समितिको संयुक्त आयोजनामा नेकपाको ७६औं स्थापना दिवश तथा विश्व सर्वहारा वर्गका महान नेता कमरेड लेनिनको १५५औं जन्मदिवशको कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य केशमा नेपाली, दक्षिण भारत क्षेत्रीय सचिवलय सदस्य काशीराम शर्मा, दक्षिण भारत क्षेत्रीय समितिका कोषाध्यक्ष लोकेन्द्र पौडेल, क्षेत्रीय सदस्य तथा पश्चिम नगर समितिका अध्यक्ष बुद्धिराम पौडेलको अतिथि आसन ग्रहण पछि ज्ञात अज्ञात सहितप्रति एक मिनेट मौनधारण गरिएको थियो ।

उपस्थित जनमानसलाई पश्चिम नगर समितिका सदस्य रोम हादुर केसीले शब्दबाट स्वागत गर्नुभएको थियो ।

प्रमुख अतिथि केशमान नेपालीले अहिलेको अवस्थामा पनि लेनिनवादी संगठनात्मक पद्धतिको अति महत्व झनै बढेर गएको बताउनु भयो । नेपालीले नेकपाको स्थापनाकालदेखि नै नेकपाभित्र विभिन्न अवसरवादी तत्वहरूले हमला गर्दै आएको र पार्टीलाई तहनस पार्ने षड्यन्त्र हुँदै आएको बताउनु भयो ।

‘सैद्धान्तिक र व्यवहारिक रुपमा नेकपाको रक्षा नेकपा (मसाल)ले मात्रै गरिरहेको छ ।’ नेपालले भन्नु भयो– ‘नेपालको हकमा नेकपा (मसाल) नै एउटा नेकपाको रक्षक र सच्चा कम्युनिष्ट पार्टीको रुपमा परिचित रहेको पार्टी हो ।’ वर्तमान अवस्थामा कम्युनिष्ट पार्टीलाई बचाएर राख्ने जिम्मा पनि नेकपा (मसाल)को काँधमा रहेको नेपालीको भनाई थियो ।

त्यस्तै गरि क्षेत्रीय सचिवालय सदस्य काशीराम शर्मा, क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, क्षेत्रीय सदस्य तथा पश्चिम नगर समितिका अध्यक्ष बुद्धिराम पौडेल, क्षेत्रीय सदस्य किशोर शर्मा, पश्चिम नगर समितिका कोषाध्यक्ष एकदेव शर्मा, पश्चिम नगर सदस्य प्रकाश बिक, पश्चिम नगर समिति सदस्य प्रकाश नेपाली लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

कार्यक्रम उत्तर नगर समितिका सचिव कोटी प्रसाद पोख्रेलको सञ्चालन नगर समितिका सहसचिव नेत्रप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

त्यसैगरि बेंगलोर, पाण्डेचरी, सिताम्बरम, निलगिरी, कोट्टयम, कोयम्बटोर लगायतका नगरहरुमा पनि आन्तरिक रुपमा नेकपाको ७५औं स्थापना दिवस एवं लेनिनको १५५औं दिवस मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार