हिसारमा मूल प्रवाहको टोल समिति गठन

खिमराज चालीसे
हिसार, २४ अप्रेल । मूल प्रवाह हिसार नगर समितिद्धारा संचालित सिटि एरियामा श्रमजिवी नेपालीहरु बिच २२ अप्रेल २०२४ को सम्पन्न भेलाले नौ सदस्यीय टोल समिति गठन गरेको छ ।

मूल प्रवाहका केन्द्रीय बैकल्पिक सदस्य तारा सोमरेको प्रमुख आथित्यतामा सम्पन्न भेलामा मूल प्रवाहको आवश्यकता एंव विधान बारे व्यापक छलफल पश्चात समिति गठन गरिएको थियो ।

नव गठित टोल समितिको अध्यक्षमा पवित्रा मुखिया, सचिवमा प्रमिला मुखिया, कोषाध्यक्षमा बिष्णु मुखिया रहनु भएको छ । यसैगरि सदस्यहरुमा पुष्पा मुखिया, कमला मुखिया, लक्ष्मी गिरी, पदम मुखिया, गोबिन्द मुखिया र तारा सोमरे लगाएत रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार