हिसार र रोपडमा हिरक जयन्ती तथा लेनिन दिवश मनाइयो

खिमराज चालिसे 

चंडिगढ, २४ अप्रेल । अन्तर्राष्ट्रिय एकताको लागी प्रवासी नेपाली जनताको मंच रोपड र हिसारले छुट्टाछुट्टै स्थानमा २२ अप्रेल २०२४ को नेकपाको हिरक जयन्ती तथा विश्व सर्वहारा वर्गका महान नेता का. लेनिनको १५५औं दिवश कार्यक्रम सम्पन्न पारेको छ।

रोपडमा आयोजित कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सचिव तथा सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले प्रमुख अतिथिको आसनबाट सम्वोधन गर्नुभएको थियो।

सभामा सम्वोधन गर्ने अन्य वक्ताहरुमा मूल प्रवाह क्षेत्रीय सदस्य शिवलाल लामीछाने, जनजाति क्षेत्रीय संयोजक बिल बहादुर गुरुङ, नगरका भिम कार्की, महिला नगर संयोजक मन्जु थापा, सदस्य रुपा कार्की लगाएत हुनुहुन्थ्यो।

कार्यक्रम लाल बहादुर थापाको सञ्चालनमा तथा भक्त बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत खगि थापाले गर्नुभएको हो ।

हिसार,

यसैगरि हिसारले पनि नेकपाको हिरक जयन्ती तथा विश्व सर्वहारा वर्गका महान नेता का. लेनिनको १५५औं जन्मदिवशको कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमलाई मूल प्रवाहका केन्द्रीय बैकल्पिक सदस्य तारा सोमरेले प्रमुख अतिथिको आसनबाट सम्वोधन गर्नु भएको थियो । सो सभालाई महिला सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य चन्द्रा सोमारे र एरिया सदस्य बिमल मुखिया लगाएतले पनि सम्वोधन गर्नुभएको थियो।

कार्यक्रम कमला बगालेको संचालनमा तथा मन बहादुरको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार