टेक बहादुर सुनारप्रति हार्दिक श्रद्धाञ्जली

नेल्लोर, २८ अप्रेल । जिल्ला प्यूठान, प्यूठान नगरपालिका दाखाक्वाडी भलवाङ निवासी मोहनलालको माइलो छोरा टेक बहादुर सुनार उर्फ तिख बहादुर हाल दक्षिण भारतको नेल्लोरमा तौल फेक्ट्रीमा केही बर्ष देखि काम गर्दै आएको थिए ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेल्लोर नगर समितिमा अध्यक्षतको भुमिका समेत निभाउनु भएका सुनारको स्वास्थ्यमा समस्या आएपछि नेल्लोरको जनरल हस्पिटलमा उपचार भइरहेको थियो । वहाँको आज २८ अप्रेलका दिन उपचार कै क्रममा देहान्त भएको हो ।

उहाँको भौतिक शरीरलाई नेल्लोरमा रहनु भएका मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरु, आफन्तजन र परिवार उपस्थितिमा दाहसंस्कार गरिएको छ । वहाँका दुई छोराहरू हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार