चंडिगढमा मनाइयो १३५औं मजदुर दिवस

खिमराज चालीसे
चंडिगढ । मूल प्रवाह सुदुरपश्चिमोत्तर क्षेत्रीय समितिद्धारा संचालित चण्डिगढ नगर समितिको आयोजनामा १३५औं मजदुर दिवसको कार्यक्रम १ मई २०२४ को भव्य रुपमा सम्पन्न भएको छ।

सभामा मजदुर आन्दोलनको महत्व एंव मजदुर आन्दोलनलाई वर्गिय आन्दोलनमा रुपान्तरणको आवश्यकता बारे विचार राख्दै मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खड्काले प्रमुख अतिथिको आसनबाट सम्वोधन गर्नु भएको थियो ।

उक्त सभामा बोल्ने अन्य वक्ताहरुमा मूल प्रवाह केन्द्रीय सदस्य एवं नेपाली समाचार संयोजक खिमराज चालिसे, सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य जुना चालिसे, साँस्कृतिक विभागका केन्द्रीय सदस्य बिनु नेपाली, महिला क्षेत्रीय सदस्य सिमा खड्का, जनजाति विभागका थमन थापा, समता बिभागका लिला विक, विद्यार्थी संघ केन्द्रीय सदस्य नारायण आचार्य, महिला क्षेत्रीय सदस्य सिमा खड्का, जनजाति विभागका प्रेम गुरुङ, महिला नगर कि अमृता शर्मा, नगर सदस्य अर्जुन बिक, मनाली नगरका हरिश कुमार र मोहाली एरियाका प्रकाश पुन लगाएत हुनुहुन्थ्यो।

कार्यक्रम मान बहादुर केसीको अध्यक्षतामा तथा तेज बहादुर रोकाको सञ्चालनमा सम्पन्न भएको हो भने ज्ञात अज्ञात शहीदहरुप्रति एक मिनेट मौनधारण पश्चात किसन खनालले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार