हिसारमा मूल प्रवाहका तीन टोल समितिहरु गठन

हिसार, १२ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिले नगरमा संगठन विस्तारमा तिव्रता दिदै ठाउँठाउँमा श्रमजिवी नेपालीहरुलाई संगठित गर्दै शनिवार र आइतवार तिनवटा टोल समितिहरु निर्माण गरेको छ ।

शनिवार ११ मई २०२४ को केन्द्रीय बैकल्पिक सदस्य तारा सोमरेको प्रमुख आथित्यतामा सम्पन्न सिटिएरिया समिति ए अन्तर्गत जहारनगरको भेलाले टोल समिति गठन गरेको छ ।

मूल प्रवाहको विधानबारे गहनता पूर्वक छलफल पछि भेलाले जीवन सोमरेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो । जस्माः सचीव– कमला छहरि, कोषाध्यक्ष– सिता बिक, सदस्यहरुमाः श्याम छहरि, कुसल छहरि, कुमारी छहरि, कमल बिक, शम्भु सोमरे, पार्वति छहरि, शंकर छहरि र एक स्थान रिक्त राखिएको छ।

नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिने वक्ताहरुमा क्षेत्रीय सदस्य लाल बहादुर चुदालि र सुरेश क्षेत्री, नगर अध्यक्ष बाबुराम पोख्रेल लगाएत हुनुहुन्थ्यो। कार्यक्रम कमला छहरिको सञ्चालन तथा श्याम छहरिको अध्यक्षता एवं जीवन सोमरेले मन्तव्यद्धारा स्वागत गर्नुभएको थियो ।

त्यसैगरि नगर अध्यक्ष बाबुराम पोख्रेल, महिला नगर संयोजक सिता पोख्रेल, क्षेत्रीय सदस्य सुरेश क्षेत्री, लाल बहादुर चुदालि नगर सदस्य बिष्नु गौतमको पहल एंव सम्युक्त सक्रियतामा माडलटाउनमा सम्पन्न भेलाले दुईवटा टोल समितिहरु हिजो आइतवार गठन गरेको छ ।

माडलटाउन ए टोल समिति :
हरि गाहाको अध्यक्षतामा ११ सदस्यीय टोल समिति गठन गरिएको छ । जस्मा सचीव– अनिसा बिसि, कोषाध्यक्ष– दुरमाया गाहा, सदस्यहरु यज्ञ प्रसाद भुर्तेल, मिना परियार, पदम बहादुर, मिलराज बिसि, माया भुर्तेल, लाल बहादुर, तुल्सि र एक स्थान रिक्त राखिएको छ ।

त्यसैगरि माडलटाउन ‘बि’ टोल समिति :
गोमा कुमालको अध्यक्षतामा गठन गरिएको छ । जस्माः सचीव– पदम कुमाल, कोषाध्यक्ष– मालति कुमाल, सदस्यहरुमा राजन कुमाल, लक्ष्मि कुमाल, गोमा कुमाल, कमला कुमाल, सबिता राना, हुम बहादुर कुमाल, देव बहादुर, सुरेश क्षेत्री र एक स्थान रिक्त राखिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार