चन्डिगढ । भारत हरियाणा राज्यको मोरनी हिल्स एरियामा मार्च २४, २०२४ का दिन सडक दुर्घटनामा परी गम्भीर घाइते भएका कोपिला थापाको उपचारार्थ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चन्डिगढले एक लाख पचहत्तर हजार नौ सय चवालिस रुपियाँ (भारु १,०९,९६५) सहयोग गरेको छ ।
मोरङ महादेवा–२ निवासी ५१ वर्षीया कोपिला थापा पछिल्लो समय काठमाडौँ बालुवाटार समृद्धिमार्ग तल्लो तुसारमा बसोबास गर्दै आएकी थिएन । उनी भारतको पञ्चकुलामा रहेकी बहिनी दिव्यासँग भेट गर्न आएकी थिइन् । मार्च २४, २०२४ का दिन मूल प्रवाहको सदस्यसमेत रहेकी दिव्यासँग कार्यक्रममा सहभागी भएर फर्कने क्रममा कार पल्टिदा कोपिलाको कम्मरको हाड भाँचिको थियो ।
उक्त दुर्घटनामा मूल प्रवाह चन्डिगढ महिला नगर सदस्य रूपा केसीको निधन भएको थियो । त्यसैगरी घटनामा गोपाल खड्का गम्भीर घाइते हुनुभएको थियो ।
दुर्घटनापछि मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनाल, सचिवालय सदस्य धनवीर पुनमगर र सुदूर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटालगायतका केन्द्रीय नेताहरूले पीडितलाई भेटने र सहानुभुति प्रकट गर्दै आउनुभएको छ ।