हिसारमा मूल प्रवाहको टोल समिति गठन

हिसार । भारतको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको टोल समिति गठन भएको छ ।

मूल प्रवाहका केन्द्रीय सदस्य तारा सोमरेको प्रमुख आतिथ्यमा मे १७, २०२४ का दिन इन्डिस्ट्रयल एरियामा सम्पन्न भेलाद्वारा सो समिति गठन गरिएको हो ।

भेलामा समसामयिक विषयमा चर्चापरिचर्चापछि गीता बलाल अध्यक्ष रहनुभएको १७ सदस्यीय टोल समिती गठन गरिएको छ ।

समितिको सचिवमा देवी बलाल, कोषाध्यक्षमा पार्वती पौड्याल तथा सदस्यमा विजय बलाल, भीम बलाल, डिलु बलाल, सुरेश क्षेत्री, ऋतु पुन, प्रेम बलाल, छवि बलाल, मीना गिरी, कुसुम सोनी, पवन गिरी, गिता गिरी, रामप्रसाद पौडयाल र पवित्रा टण्डन रहनभुभएको छ ।
नवनिर्वाचित समितिलाई क्षेत्रीय सदस्य लालबहादुर चुदालीले बधाइ तथा शुभकामना दिनुभएको थियो ।

कार्यक्रम सुरेश क्षेत्रीको सञ्चालन तथा रामप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने छवि बलालले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार