चंडिगढमा अलपत्र नेपालीलाई मूल प्रवाहले गर्यो उद्धार

खिमराज चालिसे

चंडिगढ, २७ मई । हिमांचलबाट २३ मई २०२४ को चंडिगढ हुँदै नेपाल जाने क्रममा चंडिगढमा लुटिएर अलपत्र हुन पुगेका दाङ शान्तीनगर गाउँपालिका ३ का रामकुमार कडेलको मूल प्रवाह चंडिगढले २७ मई २०२४ उद्धार गरि सगरमाथा टुर एंड ट्रावल्सको सहयोगमा नेपाल पठाएको छ ।

चंडिगढको सेक्टर ३४ मा नेपाली युवक दिपक बोहरालाई अलपत्र अवस्थामा भेटिएका राम कुमारसँग मूल प्रवाह केन्द्रीय सदस्य खिमराज चालीसेले सोधपूछमा उनि लुटिएको थाहा लागेपछि नेपालमा उनको छोरी बिष्णु कडेलसँग कुरागरी नेपाल पठाईएको हो ।

राम कुमार कडेल हिमांचलबाट नेपाल जाँदैगर्दा चंडिगढमा अपरिचीत नेपाली भाषी दुईजनाले बसपार्कमा खाना खुवाए पछि केहि थाहा नभएको बताउँछन् । यसैगरि उनले आफुसँग भएको नगद नेरु चार हजार लत्ताकपडा सहितको झोला लुटिएको बताएका छन् ।

स्मरण रहोस् भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज विभिन्न समयमा विपतमा परेका नेपालीहरुको बारम्बार उद्धार गर्दै आफनो अभिभावकीय भुमिका निभाउँदै आइरहेको संगठन हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार