ट्रेनबाट हराएका जंग बहादुर केसी भेटिएका छन्

धर्मराज शर्मा

कोट्टयाम केरला, २७ मेई । जैमिनी नगरपालिका ४, सर्कुवा गाओं गुरूङकोट, बाग्लुङ जिल्ला निवासी दुर्गा प्रसाद उपाध्यायका ४२ बर्षीय छोरा जंग बहादुर केसी, १७ मेई २०२४ तदानुसार २०८१ जेष्ठ ४ गते का दिन गोरखपुरबाट केरला आउने क्रममा आन्द्रा प्रदेशको काजीपेटबाट हराएका थिए ।

निज जंग बहादुर केसी गाउँकै साथी सिबहरी पौडेलसँग केरला आउँदै गरेको अबस्थामा अचानक आफू ओर्लिने ठाउँमा पुगेजस्तो लागेर रेलबाट ओर्लेका रहेछन् । ओर्लिसकेपछि गलत स्टेसनमा ओर्लेको महसुस हुनभन्दा पहिलै रेलले आफ्नो रफ्तार बडाईसके पछि ।

केसी अर्को रेलको सोधखोज गर्दै विभिन्न रेल बदलि गर्दै आफुले बिगत काम गरेको स्थान श्री नागाराजा टेम्पल मान्नार साला हरिपाड केरलामा २६ मेई २०२४ का दिन बिहान करिव पाँचबजे सकुसल आईपुगेको खबर त्यहाँका साथिहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार