कपिलबस्तुका देवेन्द्र पौडेलको खोजीमा मूल प्रवाह

खिमराज चालीसे

चंडिगढ, २७ मई । चंडिगढबाट फरवरी २०२२ देखि सम्पर्क विहिन रहेका कपिलबस्तुका युवक देवेन्द्र पौडेल वर्ष ३५ को खोजीमा मूल प्रवाहले सहयोग गर्ने भएको छ । भारतको चंडिगढ स्थित किसनगढ गाउमा बस्दै र प्राइभेट जागिर गर्दै आइरहेका देवेन्द्र पौडेल वर्ष ३५ गत दुई वर्ष पहिला देखि सम्पर्क विहिन भए संगै परिवारले उनको खोजी कार्यलाई निरन्तरता दिदै आइरहेको थियो ।

५.३ फुट उचाई, गहुँगोरो वर्ण भएका वुद्धभुमी नगरपालिका वार्ड नं १- भेलाई निबासी देवेन्द्र पौडेल कतै फेला नपरेपछि उनको दिदी पवित्रा कडेलले मूल प्रवाहलाई सहयोग गर्न अनुरोध गरेकी हुन । उनि भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय अथवा भारतमा बसन्ता पौडेल 9599846877 र नेपालमा पवित्रा कडेल (दिदी) – ९८४४७१५२८७, खुमराज पौडेल चुदाली (भाई) ९८४७४४५८४१ लाई सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार