महिला नगर सदस्य लक्ष्मी अधिकारी मातृशोकमा

खिमराज चालीसे,
चंडिगढ, २५ मई । मूल प्रवाह महिला विभाग चंडिगढकी नगर सदस्य लक्ष्मी त्रिपाठी अधिकारीको आमा बाटुली त्रिपाठीको २३ मई २०२४ को असमायिक निधन पछि वहाँलाई मातृशोक परेको छ ।

मूल प्रवाह चंडिगढ इन्डस्ट्रीयल एरिया सदस्य रुद्र प्रसाद अधिकारीको सासुआमा तथा महिला नगर सदस्य लक्ष्मी अधिकारीको आमा दिंवागत बाटुली त्रिपाठीको ब्रेट ट्युमरको उपचारको दौरानमा भारतको दार्जलिङ स्थित सिलुगढीमा निधन भएको परिवारले बताएको छ ।

दिवांगत बाटुली त्रिपाठी वर्ष ८० पोखरा महानगरपालिका वार्ड नम्वर २४ कास्किकोट मौला निवासी हुनुहुन्छ । वहा तिन छोरा र तिन छोरीहरुको आमा हुनुहुन्थ्यो।

मूल प्रवाह चंडिगढले आमाको दुखद निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पित गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार