हिसारमा मूल प्रवाहको विस्तारित भेला सम्पन्न

खिमराज चालीसे

चंडिगढ, ३ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिले हिजो आइतवार २ जुन २०२४ को १६औं नगर सम्मेलन तैयारी भेला भव्यरुपमा सम्पन्न गरेको छ ।

मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य धनबीर पुनमगरले मैनबत्ती बालेर उद्घाटन गर्नुभएको सो समारोहमा पुनमगरले मूल प्रवाहको नगर सम्मेलन अभियानलाई पुरानो संरचना बदल्ने र नयाँ संरचना निर्माण गर्न पहल गर्ने एउटा अभियानको रुपमा बुझ्न पर्ने धारणा राख्नु भयो । वहाँले थप्नु भयो कार्यकर्ताहरुको अथक मिहिनेत र लगनले भारतस्थित नेपालीहरुको विचमा एकता समाज न्यायालयको रुपमा स्थापित हुदै गइरहेको छ ।

इन्डस्ट्रीयल एरियाबाट सुरेश क्षेत्री, सिटी एरिया ए बाट तारा सोमरे, बि एरियाबाट मन बहादुर घर्ती मगरले एरियाहरुको रिपोर्टिङ प्रस्तुत गर्नुभएको थियो ।

हाउसले छलफल विभिन्न विषयहरुमा व्यापक छलफल पश्चात पश्चात बाबुराम पोख्रेलको संयोजकत्वमा ७ सदस्यीय मुल व्यवस्थापन समिति, ओम प्रकाशको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति उपसमिति, केहरसिंह घर्ति मगरको संयोजकत्वमा १५ सदस्यीय स्वंसेवक उप समिति, सुरेश क्षेत्रीयको संयोजकत्वमा ५ सदस्यीय मेस व्यावस्थापन उप समिति, योगेन्द्र दर्लामीको संयोजकत्वमा ५ सदस्यीय साँस्कृतिक उप समिति र तारा सोमरेको संयोजकत्वमा ७७ सदस्यीय प्रचार प्रसार उप समिति निर्माण गरिएको छ ।

भेला सफलताको शुभकामना दिने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय बैकल्पिक सदस्य तारा सोमरे, मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्यहरू बाबुराम पोख्रेल, लालबहादुर चुँदाली, महिला क्षेत्रीय सदस्यहरू सिता पोख्रेल, कमला बगाले र नगर समितिका नन्द बहादुर लम्तरी लगायत हुनुहुन्थ्यो ।

कार्यक्रम बिष्णु गौतमको सञ्चालनमा तथा सेती रानाको अध्यक्षतामा सम्पन्न भएको हो भने स्वागत चन्द्रप्रकाश गैरेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार