रोपड नगर समितिको १०औं सम्मेलन सम्पन्न

रोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिको १०औं सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन समाजका महासचिव प्रेम पौडेलले गर्नुभएको थियो । खेलकुद कार्यक्रमको उद्घाटनबाट गरिएको सम्मेलनको पहिलो दिन भलिवल लगायत विभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गरिएको थियो।

सम्मेलनको विधिवत उद्घाटन महासचिव प्रेम पौडेलले गर्नुभएको थियो । ‘भारत प्रवासमा रहने नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हो । यसमा कसैलाई गलत लाग्छ भने मूल प्रवाहको गतिविधि, कार्यक्रम र उसका कामहरुलाई देख्ने हिम्मत गरोस् ।’ पौडेलले अगाडि भन्नु भयो- ॅकाम गर्नेहरुले आफ्नो दावा प्रस्तुत गर्नु उसको अधिकार हो । त्यसैले हामीले मूल प्रवाह नै भारतस्थित नेपालीहरुको अभिभावक संगठनको दावा गरिरहेका छौं, जो व्यवहारमा पनि पुष्टि भइसकेको छन् ।’ कतिपय वर्षातमा उम्रिएका च्याउ जस्ताहरुले पनि आफूलाई अभिभावकीय संगठन भएको बताएको पौडेलले बताउनु भयो ।

देशमा दिनप्रतिदिन गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता खतरामा परेको पौडेलले बताउनु भयो । ‘राजनीतिक पार्टीका चरम प्रकारको महत्वाकांक्षाका कारण २०६२-६३ को महान जनआन्दोलनबाट प्राप्त अधिकारहरु पनि गुम्ने खतरा परेको छ ।’ पौडेलले भन्नु भयो- ‘हिंजका पञ्चेहरु र आफूलाई स्वघोषित कम्यूनिष्ट बताउने केही शक्तिहरुका कारण नै दिनप्रतिदिन गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता खतरामा परेको छ ।’ गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता लागि संसारको जुनसुकै कुना बसेर पनि संघर्षमा आवद्ध हुनुपर्ने वर्तमान आवश्यकता रहेको पौडेलले बताउनु भएको थियो ।

विष्णु गुरुङको सञ्चालन एवं ओम प्रकाश सापकोटाको अध्यक्षताबाट अगाडि बढेको सो उद्घाटन कार्यक्रममा सहभागिहरुलाई मदन थापाले स्वागत गर्नुभएको थियो ।

उद्घाटन समारोहमा प्रमुख अतिथि केन्द्रीय महासचिव प्रेम पौडेल, केन्द्रीय सचिव एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य शिवलाल लामिछाने, जनजाति विभागका विल बहादुर गुरुङ, महिला विभाग नगर संयोजक मञ्जु थापाले आतित्थ्यता गर्नुभएको थियो ।

घोषणा सभाः

शिवलाल लामिछानेको सञ्चालन एवं ओमप्रकाश सापकोटाको अध्यक्षताबाट अगाडि बढेको सो सम्मेलनको घोषणा सभामा प्रमुख अतिथि महासचिव प्रेम पौडेल, केन्द्रीय सचिव एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष प्रेम सापकोटा, चण्डीगढ नगर समितिका अध्यक्ष मान बहादुर केसी, नवाशहर नगर समितिका तुल बहादुर रसाइली, राजमो नवलपुर जिल्ला सदस्य छविलाल सापकोटा, जनजाति विभागका विल बहादुर गुरुङ, महिला विभाग नगर संयोजक मञ्जु थापा, प्रवासी नेपाली संघ भारतका ओम प्रकाश सापकोटाले आतित्थ्यता गर्नुभएको थियो ।

सम्मेलनले भिम कार्किको अध्यक्षतामा २७ पुणर् ९ बैकल्पिक र ९ सल्लाहकार सहित ४५ सदस्यीय रोपड नगर समिति गठन गरेको छ । नवनिर्वाचित समितिको घोषणा केन्द्रीय सचिव एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष प्रेम सापकोटाले गर्नुभएको थियो । जस्माः उपाध्यक्ष- श्याम बहादुर मल्ल, सचिव- मदन थापा, सहसचिव- भक्त बहादुर राना, कोषाध्यक्ष- नारायण सापकोटा, सदस्यहरुमाः दिल बहादुर सुवेदी, चन्द्र बहादुर थापा, खेम बहादुर पेमी, विष्णु गुरूङ, बिल बहादुर गुरुङ, प्रेम थापा, लक्ष्मी गुरुङ, रुपा कार्की, राजेन्द्र गिरी, बसन्त थापा, रामचन्द्र शर्मा, नविन गुरुङ, जगन्नाथ कडेल, पिन्की गुरुङ, तिल बहादुर थापा, टेक बहादुर सारु, भिम हिताङ, राजु सापकोटा, भेक बहादुर टन्डन, दल बहादुर सुवेदी, गौरव मल्ल, हरिकला कडेल रहनु भएको छ ।

यसैगरि बैकल्पिक सदस्यहरुमा राम प्रसाद सापकोटा, जय बहादुर नेपाली, अवतार गुरुङ, हेम बहादुर गुरुङ, तुल्सी थापा, अरुण गुरुङ, बम बहादुर थापा, युवराज गुरुङ, रुद्र बहादुर सारु रहनु भएको छ।

त्यसैगरि सल्लाहकारमा प्रेम सापकोटा, दयाराम लामिछाने, खेम प्रसाद सापकोटा, मन बहादुर परियार, सिता सापकोटा, खुम बहादुर वैदागर, विष्णु थापा, थम्मन खडका, खगेश्वर सापकोटा, अर्जुन शर्मा रहनु भएको छ।

महिला नगर विभागः

संयोजक- हरिकला पौडेल, सदस्यमाः रुपा कार्की, मञ्जु थापा, लक्ष्मी गुरुङ, चन्द्रकला थापा, दुर्गा लामिछाने, डिलकुमारी परियार, पूणर्कला सारु, तुल्सी थापा, चन्द्रकला सापकोटा, राधिका सापकोटा, कमला पेमी, बविता गुरुङ, शारदा गुरुङ, गंगा गुरुङ, सतिा गुरुङ, माया थापा, गंगा सारु, मायाँ गिरी, पुष्पा थापा, भाग्यशुभा गुरुङ, सीता गुरुङ, भावना गुरुङ, गीता सापटकोटा, स्वस्तीका परियार, ज्योति परियार, संझना सापकोटा, देबी विक, अप्सरा सारु र पिंकी थापा रहनुभएको छ ।

नवनिर्वाचित समितिलाई प्रेम पौडेल, प्रेम सापकोटा, मान बहादुर केसी, तुल बहादुर रसाइली, छविलाल सापकोटा, विल बहादुर गुरुङ, मञ्जु थापा, ओम प्रकाश सापकोटा लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।

आठवटा भलिवल टिमबीच भएको कडा प्रतिस्पर्धामा रोपड सि.टी. प्रथम र रोपड नुहो कलोनी द्वितीय भएका थिए । त्यस्तै ३२ जना महिलाहरू बीच प्रतिस्पर्धा गराइएको चम्चा दौड प्रतियोगितामा प्रथम रुपा कार्की, द्वितीय नमिता परियार र तृतीय हेमा गुरुङ हुनुभएको थियो । त्यस्तै घैटोफोर प्रतियोगितामा प्रथम हेम गुरुङ, द्वितीय गंगा गुरुङ र तृतीय अर्जुन सापकोटा विजयी हुनुभएको थियो ।

विजयी टिम तथा खेलाडीहरुलाई प्रमुख अतिथि प्रेम पौडेलले पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार