धर्म सुनार
रोहतक, २८ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समितिको १५औं नगर सम्मेलन भब्य एवं सानदार रूपमा सम्पन्न भएको छ ।
रेसम विकको सञ्चालन र सन्तराम विकको अध्यक्षतामा सुरुभएको कार्यक्रममा प्रमुख अतिथी केन्द्रीय उपाध्यक्ष कपिल खनाल, विशिष्ट अतिथी महासचिव प्रेम पौडेल, पश्चिमोत्तर क्षेत्रीय सचिव शिव केसी, क्षेत्रीय सदस्य उमानन्द बन्जाडे, गोवर्धन विक, अखिल भारत नेपाली विद्यार्थी संघ क्षेत्रीय सदस्य प्रिती परियारले अतिथि आशन ग्रहण गर्नुभएको थियो ।
चिरपरिचित शहिदहरूको सम्झनामा एक मिनेट मौनधारण पश्चात साँस्कृतिक बिभागका कलाकारहरूले श्रद्धाञ्जली गित प्रस्तुत गर्नुभएको थियो। उपस्थित जनसमुदायलाई नगर समितिका बसन्त केसीले शब्दद्वारा स्वागत गर्नुभएको थियो ।
सम्मेलनका बिशिष्ट अतिथि महासचिव प्रेम पौडेलले ७ नोभेम्बर १९७९ मा सातजना साथिहरूले सुरु गरेको मूल प्रवाह एकता समाज आज भारतको गल्ली गल्ली, नेपालीहरुका घर घरमा फैलिएको बताउनु भयो । मूल प्रवाह एकता समाजले नेपालीहरूको पक्षमा भारतमा मात्र नभएर देशमा श्रमजिवी नेपालीहरुको पक्षमा चल्ने विभिन्न न्यायीक आन्दोलनहरुमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउँदै आएको बताउनु भयो । नेपालको संसदमा समेत आफ्नो आवाजलाई बुलन्द पार्ने काम मूल प्रवाह एकता समाजले गरेको पौडेलको भनाई थियो ।
साथै १५औं नगर सम्मेलनबाट चयन भएको समितिले रोहतकमा रहनुभएका समस्त नेपालीहरूको समस्यालाई समाधान गर्नमा एकताका साथ महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो । पौडेलले नवनिर्वाचित समितिको सफल कार्यकालको शुभकामना समेत दिनुभएको थियो ।
त्यस्तै सम्मेलनका प्रमुख अतिथी कपिल खनालले एकताको सामु कुनै पनि शक्ति टिक्न नसक्ने बताउनु भयो । ‘हिटलरको शासन टिकेन, नेपालमा २४०औं बर्षको राजतन्त्र टिकेन, भारतमा अँग्रेजको शासन टिकेन, हामी पनि प्रदेशमा रहने नेपालीहरू पनि एकतामा रहेर संघर्स गर्यौं भने अबस्य एकदिन जीत हुनेछ ।’ खनालले भारतभरि छरिए रहेका आम नेपाली जनसमुदायलाई मूल प्रवाह एकता समाजमा आवद्ध हुन आव्हान गर्नुभयो ।
नवनिर्चित समितिको घोषणा क्षेत्रीय समितिका सचिव शिव केसीले गर्नुभएको थियो । सम्मेलनले सुभाष गौतमको अध्यक्षता १५ पुर्ण ५ वैकल्पिक ५ सल्लाहकार गरी २५ सदस्यीय नगर समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– बलबहादुर विक, सचिव धर्म सुनार, सहसचिव बसन्त केसी, कोषाध्यक्ष विक्की परियार, सदस्यहरूमाः रेशम विक, गणेश गौतम, उषा विक, सोनिया बेलबासे, अनिता परियार, सन्तराम विक, कल्पना परियार, मिना चौधरी, खेम बहादुर कुमाल, टामबहादुर परियार, वैकल्पिक सदस्यमाः किसन नेपाली, गोरबहादुर विक, बमबहादुर क्षेत्री, सुशीला सुनार, शरण गौतम, सल्लाहकारमाः मिना गौतम, रामबहादुर थापा, प्रिति परियार, ओमनाथ भट्टराई र मोहन नेपाली रहनुभएको छ ।
त्यसैगरी सम्मेलनले अनिता परियारको संयोजकत्वमा २१ सदस्यीय महिला नगर विभाग पनि गठन गरेको छ । सदस्यहरूमाः कमला गौतम, कमला बोहरा, सरस्वती सुनार, निरु गौतम, माया नेपाली, उषा विक, कमला पौडेल, बिमला विक, मिना परियार, कमला नेपाली, तारा गौतम, सीता सुनार, संगीता परियार, लक्ष्मी थापा, मिना नेपाली, अनिता गौतम, लक्ष्मी मल्ल ठकुरी, गोमा परियार र पार्वता क्षेत्री रहनुभएको छ ।
नगर निर्वाचित समितिलाई क्षेत्रीय सदस्य उमानन्द बन्जाडे, रामु धमला, भिवानी नगर समिति अध्यक्ष डिलबहादुर भट्टराई, सोनिपत नगर उपाध्यक्ष बासुदेव खनाल, जनजाति क्षेत्रीय विभागका सुनिल थापा, समता क्षेत्रीय विभागका अशोक सुनार लगायतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको बीचमा रक्तिमका कलाकारहरुले भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।