विकानेर नगर समितिको प्रथम सम्मेलन सम्पन्न

  • विभिन्न गगनवेदी नाराहरू सहित शहर परिक्रममा
  • विकानेर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत विकानेर नगर समितिको प्रथम नगर सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरले गर्नुभएको थियो । पुनले दिप प्रज्वलित गरि प्रथम सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।

    पुनलले उद्घाटन मन्तव्यमा प्रवासी नेपालीहरूको नोट चल्ने भोट नचल्लने नेपाल सरकारको सोंच र रबैया ठिक नभएको बताउनु भयो । ‘प्रवासी नेपालीहरूको नोट चल्लने, भोट नचल्ने ?’ पुनले अगाडि भन्नुभयो– ‘२०६२–०६३ को महान जनआन्दोलन भारत प्रवासमा रहेका प्रवासी नेपालीहरूको सहयोगको बलमा सम्पन्न भएको थियो । तर, सत्तामा पुगेपछि राजनीति पार्टीका नेताहरूले प्रवासी नेपालीहरूको गुन विर्सिए ।’

    २०६२–६३ को आन्दोलनबाट स्थिपित गणतन्त्र, संविधान, धर्मनिरपेक्षता खतरामा परेको छ । फेरी देशभक्त नेपालीहरू एकजुट भएर गणतन्त्र, संविधान, धर्मनिरपेक्षताको लागि अगाडि बढ्नु पर्ने आवश्यकता रहेको पुनको थप भनाई थियो । ‘संघीयता र विभिन्न विदेशी शक्तिहरूको चलखेलले नेपाल राष्ट्र नै गुम्ने खतरामा परेको छ ।’ पुनले अगाडि भन्नुभयो– ‘गणतन्त्र, संविधान, धर्मनिरपेक्षताको रक्षाको साथसाथै राष्ट्रियताको रक्षाको आन्दोलन अत्यन्तै महत्वपूर्ण बन्न पुगको छ । यसका लागि संसारका जुनसुकै कुना रहेर पनि देशभक्त नेपालीहरू आन्दोलनमा एकतावद्ध हुन आवश्यकता रहेको छ ।’

    उद्घाटन कार्यक्रमको अध्यक्षता लोक बहादुर पाण्डेले र सञ्चालन राजु विसीले गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरूको संझनामा एकमिनेट मौनधारण पछि सविता खनाल शर्माले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा केन्द्रीय सदस्य कृष्ण जिसी, क्षेत्रीय समितिका सदस्य रामप्रसाद पोखरेल, कमला पाण्डे, रामकुमार रसाइली, महिला विभागबाट सविता खनाल शर्मा, साँस्कृतिक विभागबाट बोम बहादुर विष्ट, जनजाति विभागका बल बहादुर रानाले आतित्थ्यता एवं सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

    त्यस्तै नगर समितिका सचिव पारस पराजुली, मनिसा भुल, विशाल अधिकारी, किसन भुल, भुप क्षेत्री, अनिल मगर, देवराज मगर, उमेश, रमेश, विष्णु केसी, राम बहादुर राना, जमानसिंह लगायतल शुभकामना दिनुभएको थियो ।

    घोषणा सभापूर्व सम्मेलनमा सहभागिहरूले जुलुस नारा सहित शहर परिक्रममा गरेका थिए । संघीयता चाहिंदैन, देश टुक्राउन पाइँदैन, इंकलाव जिन्दावाद, संसारका मजदुर एक हौं, नेपाली एकता जिन्दावाद, नेपाल तथा भारतीय जनताको मित्रता अमर रहे लगायतका विभिन्न नाराहरू लगाइएको थियो । जुलुस पश्चात परिणत भएको घोषणा सभाको अध्यक्षता लोक बहादुर पाण्डेले र सञ्चालन रामकुमार रसाइलीले गर्नुभएको थियो । राजु विसीले उपस्थित जनसमुदायलाई शब्दबाट र कलाकारहरूले साँगितिक प्रस्तुतीबाट स्वागत गर्नुभएको थियो ।

    घोषणा सभामा मूल प्रवाह केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरको प्रमुख आतित्थ्यता रहेको थियो भने, केन्द्रीय सदस्य कृष्ण जिसी, तारा सोमरे, क्षेत्रीय सदस्य गिरु प्रसाद न्यौंपाने, राप्रसाद पोखरेल, कमला पाण्डे, लालबहादुर चुदाली, साँस्कृतिक विभागबाट बोम बहादुर विष्ट, कृष्णा नेपाली, जनजाति विभागबाट बोम बहादुर राना, महिला क्षेत्रीय विभागबाट सविता खनाल शर्मा, अखिल भारत नेपाली विद्यार्थी संघबाट आरती नेपाली लगायतको आतित्थ्यता रहेको थियो ।

    केन्द्रीय सदस्य तारा सोमरेले घोषणा गर्नुभएको थियो । सम्मेलनले १५ पूर्ण, ५ वैकल्पिक र ५ सल्लाहकार गरि २५ सदस्यीय विकानेर नगर समिति निर्वाचित गरेको छ । जसमाः अध्यक्ष– विशाल अधिकारी, उपाध्यक्ष– रामप्रसाद पोखरेल, सचिव– राजु विसी, सहसचिव– रामकुमार रसाइली, कोषाध्यक्ष– लोकबहादुर पाण्डे, सदस्यहरूमाः कमला पाण्डे, किसन भुल, बलबहादुर राना, श्रीप्रसाद शर्मा, पारस पराजुली, रामबहादुर राना, विष्णु केसी, उसा विसी, सविता शर्मा र मनिसा भुल रहनुभएको छ । वैकल्पिक सदस्यमाः मिरा भुल, भूप खत्री, राजन ढकाल, अमन तमाङ, श्रीधर भट्टराई, सल्लाहकारमाः जमानसिंह विक, किसन विक, गोपाल थापा, रनत भुल र अनिल मगर रहनुभएको छ ।

    त्यस्तै १७ सदस्यीय महिला विभाग गठन गरिएको छ, जसमाः संयोजक– कमला पाण्डे, सदस्यहरूमा क्रमशः सविता शर्मा, मनिसा भुल, सुना थापा, उसा विसी, सृजना पराजुली, पुष्पा केसी, रिता केसी, मिरा भुल, शान्तिदेवी, प्रेमकला बराल, धौली भूल, रुपा भूल, भगवती भूल, देवु भूल र दुई स्थान रिक्त रहेको छ ।

    नवनिर्वाचित समितिलाई धनवीर पुनमगर, कृष्ण जिसी, तारा सोमरे, गिरु प्रसाद न्यौंपाने, राप्रसाद पोखरेल, कमला पाण्डे, लालबहादुर चुदाली, बोम बहादुर विष्ट, कृष्णा नेपाली, आरती नेपाली र सुरज सुवेदी लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।

    विकानेर र श्रीगंगानगरका रक्तिम कलाकारहरूले भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार