हिसार, १० अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत हिसार नगर समितिको १६औं सम्मेलनको उद्घाटन समारोह समाजका महासचिव प्रेम पौडेलको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन समाजका महासचिव प्रेम पौडेलले दीप प्रज्वलित गरि गर्नुभएको हो ।
उद्घाटन मन्तव्यमा पौडेलले नेपालको वामपन्थी आन्दोलनमा मूल प्रवाहको महत्वपूर्ण योगदान रहेको बताउनु भयो । पौडेलले मूल प्रवाहको केन्द्रमा समेत हिसार नगर समितिको राम्रो दखल रहँदै आएको बताउनु भयो ।
केही मान्छेहरुले संगठन छोड्दैमा संगठन नसिद्धिने बताउनु भयो । ‘कतिपय व्यक्तिहरुले संगठन दक्षिणपन्थी भयो भन्दै हिंडेका छन् तर उनीहरु आफूले भने क्रान्तिको ठोस नीति तथा कार्यक्रम प्रस्तुत गर्न सकिरहेका छैनन्’ पौडेलले भन्नुभयो- ‘क्रान्तिको नाराको नाममा आफै अलमल परेर क्रान्तिलाई नै धोका दिइरहेका छन् ।’
नन्दबहादुर लम्तरीको अध्यक्षता र विष्णु गौतमको सञ्चालनबाट अगाडि बढेको सो उद्घाटन समारोहमा श्रद्धाञ्जली गित प्रस्तुत पछि स्वागत मन्तव्य रामु शर्माले र कलाकारहरुले स्वागत गित प्रस्तुत गरेका थिए ।
कार्यक्रममा धनवीर पुनमगर, सचिवालय सदस्य, केन्द्रीय समिति, तारा सोमरे, सदस्य केन्द्रीय समिति, देवी भुसाल, संस्थापक अध्यक्ष, नगर समिति, बाबुराम पोख्रेल, कोषाध्यक्ष, सुपउ क्षेत्रीय समिति, लाल बहादुर चुदाली, सदस्य, सुपउ क्षेत्रीय समिति, सुरेश क्षेत्री, सदस्य, सुपउ क्षेत्रीय समिति, ओम प्रकाश तिवारी, सदस्य, सुपउ क्षेत्रीय समिति, डा. रक्षा सोमरे, अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय समिति, केयरसिंह घर्तीमगर, जनजाति विभाग, नारायण विक, समता विभाग, सेती राना, क्षेत्रीय महिला विभाग, सिता पोख्रेल, क्षेत्रीय महिला विभाग, कमला बगाले, क्षेत्रीय महिला विभाग, चन्द्रा सोमरे, क्षेत्रीय महिला विभाग, दिपा लम्तरी, साँस्कृतिक विभाग लगायतले आतित्थ्यता गर्नुभएको थियो ।
देवी भुसाल, कमला बगाले, रक्षा सोमरे र धनवीर पुनमगरले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रमको बीच बीचमा रक्तिमका कलाकारहरुले गित तथा संगित एवं नृत्य प्रस्तुत गरेका थिए ।