प्रदेशबाट फर्किएकाहरुले आफन्तलाई लगेको उपहार भेटाउने नेपाल सरकारले, सुन तस्करहरुलाई किन भेट्दैन : पौडेल

  • हिसार नगर समितिको १६औं सम्मेलन सम्पन्न
  • हिसार, ११ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिको १६औं नगर सम्मेलनको घोषणा सभा सम्पन्न भएको छ । घोषणा सभा समाजका महासचिव प्रेम पौडेलको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो ।

    बेलाबेलामा विभिन्न प्रकारका झार कसिंगरहरुहरु आउने गर्दछन्, त्यस्ता झार कसिंगरहरुले मूल प्रवाहलाई सद्धाइ दिने धम्की दिएता पनि त्यो केवल कल्पना भएको पौडेलले बताउनु भयो । भारतमा सरकारले विभिन्न कागजातका समस्या देखाएर नेपालीहरु माथि भइरहेको समस्याको बारेमा पनि पौडेलले प्रकाश पार्नु भयो ।

    ‘प्रवासी नेपाली नेपालीहरुको मताधिकारको माग केवल मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले मात्रै उठाएको छ, अरु कुनै संगठनले उठाएका छैनन् ।’ पौडेल अगाडि भन्नु भयो- ‘प्रवासी नेपालीहरुको मताधिकारको मागलाई लिएर काठमाडौंमा प्रधानमन्त्री ज्ञापन पत्र दिन जाँदा बीच बाटोबाट नै भागेको हामीले विर्शेका छैनौं ।’

    ‘देशमा सत्तामा रहेका राजनीतिक दलहरुलाई युवा शक्ति दिनादिन विदेश पलायन भइरहेको थाहा पाउँदैन । तर विदेशबाट प्रवासी नेपालीहरुले कति रेमिटेन्स पठाएका छन् भन्ने डाटा हेरेर खर्च गरिरहन्छ ।’ महासचिव पौडेलले भन्नु भयो- ‘नेपाली शासकहरुले प्रवासी नेपालीहरु पठाएको रेमिटेन्स खर्च गर्नेअधिकार कहाँबाट पायो ? प्रवासी नेपालीहरुले आफन्तलाई उपहार लगेको एउटा मोबाइल भेटाउँछ, दलालहरुले लगेको सय कियो सुन भेटाउँदैन । भटाए पनि दोषिलाई भेटाउँदैन ।’

    ‘देशका साशकहरुले विभिन्न साम्राज्यवादी दलालहरुलाई खुशी पारेर भए पनि आफ्नो सत्ता स्वार्थ पुरा गर्ने जुन काम गरिरहेका छन्, त्यसले उनीहरुको पनि शेख हसिनाको जस्तो अवस्था नआउला भन्न सकिन्न ।’ पौडेलले भन्नु भयो- ‘प्रवासी नेपालीहरुले स्वदेशमै जीविकोपार्जन गर्न सक्ने बाताबरण तयार पार्ने भन्दा पनि धेरै भन्दा धेरै युवाहरुलाई विदेश पलायन गराएर रेमिटेन्स भित्र्याउने स्वार्थपूर्ति गर्नेमा नै केन्द्रीत छ ।’

    चन्द्रप्रकाश गैरेको अध्यक्षता एवं तारा सोमरेको सञ्चालनबाट घोषणा सभा कार्यक्रम अगाडि बढेको थियो । कार्यक्रममा सहभागिहरुलाई विष्णु गौतम र रक्तिमका कलाकारहरुले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा धनवीर पुनमगर, सचिवालय सदस्य, केन्द्रीय समिति, प्रेम सापकोटा, केन्द्रीय सचिव एवं क्षेत्रीय अध्यक्ष, त्रिभुवन भट्टराई, सचिव, केन्द्रीय समिति, जुना चालिसे, सदस्य, सु पश्चिमोत्तर क्षेत्रीय समिति, देवी भुसाल, संस्थापक अध्यक्ष, नगर समिति, कमला पाण्डे, सदस्य, क्षेत्रीय समिति, शकुन्तला जाखड्, जनवादी महिला समिति, दिनेश सिवाज, सिपिएम जिल्ला सेक्रेटरी, छविलाल न्यौंपपाने, प्रवासी नेपाली संघ भारत, किशन पाण्डे, क्षेत्रीय शिक्षा सचिव, जनसम्पर्क समिति भारत, डा. रक्षा सोमरे, कोषाध्यक्ष अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय समिति, विनु नेपाली, चण्डीगढ नगर समिति, भिम बहादुर कार्की, रोपड नगर समिति, किसन खनाल, फतेहवाद नगर समिति, केयर सिंह घर्तिमगर, क्षेत्रीय जनजाति विभाग, नारायण विक, क्षेत्रीय समता विभाग, सुनिता भट्टराई, सदस्य, क्षेत्रीय महिला विभाग, सविता खनाल शर्मा, सदस्य, क्षेत्रीय महिला विभाग र दिपा लम्तरी, क्षेत्रीय साँस्कृतिक विभाग लगायतको आतित्थ्यता रहेको थियो ।

    केन्द्रीय सचिव एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष प्रेम सापकोटाले नयाँ समितिको घोषणा गर्नुभएको थियो । घोषणा पूर्व सापकोटाले विभिन्न समयमा नेतृत्व गरेका साथीहरु वर्तमानमा हामीसँग नभएता पनि विचार र सिद्धान्त प्रमुख भएको हुनाले विचारमा विश्वास गर्ने शक्ति अहिलेपनि हामीसँग भएको बताउनु भयो । सम्मेलनले १९ पूर्ण, ६ वैकल्पिक र ६ सल्लाहकार गरि नयाँ समिति समिति निर्वाचित गरिएको छ । जसमाः अध्यक्षमा बाबुराम पोख्रेल, उपाध्यक्षमा सुरेश क्षेत्री, सचिवमा तारा सोमरे, सहसचिवमा केयरसिंह घर्तिमगर, कोषाध्यक्षमा ओमप्रकाश तिवारी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा ः विष्णु गौतम, नन्दबहादुर लम्तरी, चन्द्रप्रकाश गैरे, नारायण विक, योगेन्द्र दर्लामी, श्रीमती सेती राना, लालबहादुर चुदाली, रामु शर्मा, कृष्ण पौडेल, यमलाल पौडेल, हरि गाहा, श्रीमती दुर्गा तिवारी, हिमलाल भुसाल, देब ढेंगामगर, वैकल्पिक सदस्यमाः प्रेम सुर्यवंशी मगर, विरसिंह पाण्डे, शंकर पाण्डे, अनिल रास्कोटीमगर, विजय बलाल र भुप मुखिया रहनुभएको छ । त्यस्तै सल्लाहकारमाः जीवन सोमरे, दिलबहादुर विक, बेगबहादुर घर्तिमगर, रामु भुर्तेल र एक स्थान रिक्त राखिएको छ ।

    केन्द्रीय सचिव त्रिभुवन भट्टराईले महिला नगर विभागको घोषणा गर्नुभएको थियो । घोषणा पूर्व आफ्नो धारणा राख्दै सचिव भट्टराईले संगठनलाई विभिन्न समयमा धोका दिंदै आएका छन् । तर कसैले धोका दिंदैमा संगठन नसिद्धिने बताउनु भयो । सम्मेलनले ४३ सदस्यीय महिला नगर विभाग चयन गरेको छ । जसमा ः संयोजकमाः दुर्गा ज्ञावली, सदस्यहरुमाः सेती राना, सिता पोख्रेल, चन्द्रकला सोमरे, कमला बगाले, दुर्गा तिवारी, विष्णु जिसी, मिनु दर्लामी, पार्वती पौडेल, दुरमायाँ गाहा, सविता राना, उमा लम्तरी, संगिता गौतम, पवित्रा टण्डन, गिता खनाल, सुमित्रा क्षेत्री, प्रोमिला मुखिया, दुर्गा रास्कोटी, कोपिला राना, छवि बलाल, गिता बलाल, कुशुम सोनी, सुजता दर्लामी, पार्वती पुन, जुना खनाल, मायाँ नेपाली, मिना जहारनगर, देवी बलाल, राधिका पौडेल, मयाँदेवी भुर्तेल, कमला छहरी, गोमा कुमाल, मालती कुमाल, संगिता सोनी, निर्मला घर्तिमगर, माया देवी, मंजुबाला, रिता मुखिया, पवित्रा मुखिया, सरिता गैरे, गंगा कार्की र एक स्थान रिक्त रहेको छ ।

    नवनिर्वाचित समितिलाई कलाकारहरुद्धारा शुभकामना गितद्धारा शुभकामना दिनुभएको थियो ।

    नयाँ समितिलाई प्रमुख अतिथि प्रेम पौडेल अतिथिहरु क्रमशः धनवीर पुनमगर, जुना चालिसे, देवी भुसाल, कमला पाण्डे, शकुन्तला जाखड्, छविलाल न्यौंपाने, किशन पाण्डे, डा. रक्षा सोमरे, विनु नेपाली, भिम बहादुर कार्की, किसन खनाल, सुनिता भट्टराई, दिपा लम्तरी लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।

    रक्तिमका कलाकारहरुले भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार