फतेहाबादमा मूल प्रवाहको दोश्रो नगर सम्मेलन सम्पन्न

खिमराज चालिसे

फदेहाबाद (हरियाणा), १८ अगस्त । भारतको हरियाणा राज्यको फदेहाबादमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति फदेहाबादको दोश्रो नगर सम्मेलन १८ अगस्त २०२४ को भव्यरुपमा सम्पन्न भएको छ ।

मूल प्रवाहका केन्द्रीय सदस्य तारा सोमरेले करतार ध्वनीमा व्यानर खोलेर उद्घाटन गर्नु भएको थियो । उद्घाटन भाषणमा सोमरेले देशको अस्थिर सरकारका जनविरोधी क्रियाकलापहरु, युवाहरुको विदेश पलायन र भारतमा नेपालीहरुका विभिन्न समस्याहरुको विषयमा चर्चा गर्दै सबै समस्याहरुको समाधान संगठित रुपमा गरिने सशक्त प्रतिकारको क्षमतामाथी निर्भर हुने बताउनु भयो। वहाँले सम्मेलन अभियानमा अझै घनिभुत रुपमा संगठनको विस्तार गर्नुपर्ने धारणा राख्नु भयो ।

मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराईले नव निर्वाचित समिति १५ पुर्ण, ४ बैकल्पिक र ४ सल्लाहकार सहित २३ सदस्यीय नगर समितिको घोषणा गर्नुभएको थियो । जस्माः अध्यक्ष– कृष्ण प्रसाद खनाल, उपाध्यक्ष– केबि किसन, सचिव– बाबुराम, सहसचिव– शुष्मा सोनी, कोषाध्यक्ष– प्रेम थापा र सदस्यहरुमा ः संगिता ताम्राकार, थमन ताम्राकार, सुरेश सुनार, कमल थापा, उदय गुरुङ, लाल बहादुर ओली, सरस्वता ताम्राकार, मोनिका जिसी, शुसिला विक, सिता सुनार रहनु भएको छ । यसैगरि वैकल्पिक सदस्यहरुमाः गिता थापा, राम बहादुर थापा, दिपक सोनी र अशोक पन्त रहनु भएको छ । त्यसैगरी सल्लाहकारमा चेतराज विक, गणेश विक, दिपक सोनी, एक स्थान रिक्त राखिएको छ ।

महिला विभाग
सम्मेलनको अवसरमा महिला विभागको पनि गठन गरिएको छ । मूल प्रवाहका क्षेत्रीय कोषाध्यक्ष बाबुराम पोख्रेलले गर्नुभएको थियो । जस्माः संयोजक– मोनिका जिसि र सदस्यहरुमाः शुष्मा सोनी, संगिता ताम्राकार, कमला थापा, सरस्वता ताम्राकार, सिता सुनार, शुसिला विक, गिता थापा र एक स्थान रिक्त राखिएको छ।

नवनिर्वाचित समितिलाई शुभकामना दिने वक्ताहरुमा मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य लाल बहादुर चुदाली र सुरेश क्षेत्री, महिला क्षेत्रीय विभागकी सुनिता भट्टराई, बिद्यार्थी संघ केन्द्रीय कोषाध्यक्ष रक्षा सोमरे, प्रवासी नेपाली संघका नित्यानन्द खनाल, एकता मञ्चका बिष्नु भण्डारी, मूल प्रवाह हिसारका नन्द बहादुर लम्तरी, हिसार महिला विभागकी दुर्गा ज्ञावली, सांस्कृतिककी दिपा लम्तरि, र योगेन्द्र दर्लामी, मेसबाट प्रेम थापा, फतेहावादबाट शुसिला विक लगाएत हुनुहुन्थ्यो ।

कार्यक्रम कमला थापाको अध्यक्षतामा एवं कमला बगालेको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत कृष्ण प्रसाद खनाल र साँस्कृतिक कलाकारहरुले स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार