खिमराज चालिसे
संगरुर, १८ अगस्त । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा संचालित संगरुर नगर समितिको नवौं सम्मेलन १७–१८ अगस्त २०२४ को सम्पन्न भएको छ ।
सम्मेलनको उद्घाटन मूल प्रवाहका केन्द्रीय सदस्य नर बहादुर ओलीले मैनबत्ती बालेर नवौं नगर सम्मेलनको १७ अगस्त २०२४ को गर्नु भएको हो।
मूल प्रवाहका केन्द्रीय सचिव एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा विशिष्ट अतिथि रहेको समारोहमा क्षेत्रीय सदस्य खेमराज पोख्रेल क्षेत्रीय महिला सदस्य लक्ष्मी खनालको आथित्यता रहेको थियो।
उदघाटन तथा बन्दसत्र नारायण भुसालको अध्यक्षता राजु खनालको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत रामु खनालको तथा सास्कृतिक कलाकारहरुले गर्नु भएको थियो । बन्दसत्रमा प्रगति प्रतिवेदन राजु खनाल र आर्थिक प्रतिवेदन रामजी भुसालले प्रस्तुत गर्नु भएको थियो ।
घोषणा सभा
नव निर्वाचित कार्यकारिणीहरुको घोषणा मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खडकाले गर्नुभएको थियो । सम्मेलनले नारायण प्रसाद भुसालको अध्यक्षतामा १५ पुर्ण ५ बैकल्पिक ५ सल्लाहकार सहित २५ सदस्यीय संगरुर नगर समिति निर्वाचित गरेको छ । जस्माः उपाध्यक्ष– गुणानिधी आचार्य, सचिव– रामप्रसाद खनाल, सहसचिव– धन बहादुर विक, कोषाध्यक्ष– रामजी भुसाल र सदस्यहरुमाः लक्ष्मी खनाल, जीवन आचार्य, ठाकुर पौडेल, मन्जु शर्मा, लक्ष्मी विष्ट, रमेश बस्नेत, हेमन्त मरासिनी, सीता आचार्य, हिरा सिंह, सरिता शर्मा रहनु भएको छ ।
यसैगरि वैकल्पिक सदस्यहरुमा राजु खनाल, देवु भुसाल, लिलाराम पाण्डेय, रामु गिरी, बालाराम परियार रहनु भएको छ। त्यसैगरि सल्लाहकारमा थमन बहादुर खड्का, रुद्र प्रसाद पौडेल, रामु शर्मा र राज बहादुर शाही रहनु भएको छ ।
महिला विभाग
सम्मेलनले लक्ष्मी विष्टको संयोजकत्वमा २१ सदस्यिय महिला नगर विभाग गठन गरेको छ । जस्मा सदस्यहरुमा क्रमशः पवित्रा भुसाल, सरिता भुसाल, मनिसा गोतामे, शिला खनाल, भिमा थापा, गंगा आचार्य, पार्वती विरकटा, शान्ता परियार, मन्जु शर्मा, सीता आचार्य, अमृता खनाल, विष्णा बस्नेत, कृष्णा बस्याल, लक्ष्मी परियार, शान्ति बोहरा, सीता थापा, राधा खड्का, रमा भुसाल र सरिता शर्मा रहनु भएको छ।
साँस्कृतिक विभाग
सम्मेलनको अवसरमा राजु खनालको संयोजकत्वमा ११ सदस्यीय साँस्कृतिक विभागको पनि गठन गरिएको छ । जस्मा सदस्यहरु क्रमशः बाबुराम परियार, ठाकुर पौडेल, धन बहादुर बिक, लक्ष्मी खनाल, रामु खनाल, नारायण भुसाल, दिक्षा सुनार, लक्ष्मी परियार, पार्बता बिरर्कट्टा र सिता आचार्य रहनु भएको छ।
सम्मेलनमा गहकिला विचार सहित शुभकामना मन्तब्य राख्ने वक्ताहरुमा प्रमुख अतिथी मूल प्रवाह केन्द्रीय सदस्य नर बहादुर ओली, विशिष्ट अतिथि मूल प्रवाह केन्द्रीय सचिव एवं क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, केन्द्रीय बैकल्पिक सदस्य रामचन्द्र पौडेल, क्षेत्रीय सदस्य बिष्णु भुसाल, लेक्चरर नरेन्द्र सिंह, अन्तर्राष्ट्रिय रोल्पाली सेवाका नर बहादुर मर्माठानी, गढवाल सभाका चरणजित सिंह, बठिन्डा नगर अध्यक्ष नारायण केसी लगाएत हुनुहुन्थ्यो ।
घोषणा सभा खेमराज पोख्रेलको अध्यक्षतामा तथा राजु खनालको संचालन र नारायण भुसाल एवं साँस्कृतिक कलाकारहरूले स्वागत गर्नु भएको थियो । कार्यक्रमको बीचबीचमा रक्तिमका कलाकारहरुले भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।