मूल प्रवाह जालन्धरको चौधौँ सम्मेलन

चन्डिगढ । भारत पन्जाबको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको चौधौँ सम्मेलन सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्यमा अगस्त ३१ र सेप्टेम्बर १ (२०२४) दुई दिन सो सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनको उद्घाटन अध्यक्ष खनालले मैनबत्ती बालेर गर्नुभएको थियो । सो अवसरमा मन्तव्य राख्दै उहाँले प्रतिगामीहरू झन् झन् सलबलाइरहेको र राष्ट्रियता र गणतन्त्र खतरामा रहेको धारणा राख्नुभयो । उह्राँले बेरोजगारी, महङ्गी भ्रष्टाचार चुलिएको र युवाहरू विदेश पलायनलगायतका समस्याप्रति सरकार उदासिन रहेकोसमेत आरोप लगाउनुभयो ।

उद्घाटन समारोहमा मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगर, केन्द्रीय सदस्य दिनेश खड्का र कुलबहादुर बगाले, महिला विभाग केन्द्रीय सदस्य शुष्मा खडका, विद्यार्थी केन्द्रीय सदस्य शिखर गाहालगायतको आतिथ्य रहेको थियो ।

उद्घाटन तथा बन्दशत्र जितमान थापाको अध्यक्षता तथा तिलबहादुर थापाको सञ्चालनमा अघि बढेको थियो । सहभागीलाई स्वागत हिमप्रसाद सुनाम र सांस्कृतिक विभागका कलाकारले गर्नुभएको थियो ।

बन्दसत्रमा प्रगति प्रतिवेदन तिलबहादुर थापा र आर्थिक प्रतिवेदन लक्ष्मण खड्काले प्रस्तुत गर्नुभएको थियो ।

२५ सदस्यीय नगर समिति
सम्मेलनले १५ पूर्ण, पाँच वैकल्पिक र पाँच सल्लाहकारसहित २५ सदस्यीय नगर समिति निर्वाचन गरेको छ । निर्वाचित कार्यकारिणीको घोषणा केन्द्रीय सचिव एवम् सुदूर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले गर्नुभएको थियो ।

समितिको अध्यक्षमा जितमान थापा तथा उपाध्यक्षमा धनबहादुर गोर्खाली, सचिवमा तिलबहादुर थापा, सहसचिवमा नारायण पोखरेल र कोषाध्यक्षमा लक्ष्मण खडका रहनुभएको थियो ।

त्यस्तै, सदस्यमा माधव खनाल, हिमप्रसाद सुनाम, शुष्मा खड्का, मीना बगाले, जमुना गाहा, लक्ष्मण केसी, लक्ष्मी थापा, इन्दिरा कुँवर, रामु विक, सञ्जित बस्याल रहनुभएको छ ।

त्यसैगरी, वैकल्पिक सदस्यमा खेम बस्याल, मीना थापा, रमा विष्ट, देवसिंह गुरुङ र भक्तबहादुर लम्तरी तथा सल्लाहकारमा राजेन्द्र थापा, मधिराम भण्डारी, मधुकर भण्डारी, रोशनी बस्याल र चक्रबहादुर घर्ती रहनुभएको छ ।

महिला विभाग

सम्मेलनले शुष्मा खड्का संयोजक रहनुभएको महिला नगर विभाग गठन गरेको छ ।

केन्द्रीय सदस्य कुलबहादुर बगालेले घोषणा गर्नुभएको विभागको सदस्यहरूमा मीना बगाले, जमुना गाहा, मीना थापा, माया परियार, लक्ष्मी थापा, इन्दिरा कुँवर, रमा विष्ट, शर्मिला सापकोटा, रोशनी बस्याल, सरस्वती आचार्य, मनिकला थापा, शान्ता चौधरी, जुना विक, बिना गाहा, मीना गाहा, मीना राई, सरिता सुनाम ,देवी बस्याल, माया केसी, मनिषा छन्त्याल, गोमा विक, देवी बस्याल, हरिकला बगाले, निर्मला पाण्डे, निर्मला केसी, बसन्ती आले, सपना सोमै, राधिका घर्ति, सरिता सोमै, लक्ष्मी थापा, मीना विक ‘ए’, मीना बिक ‘बी’, कमला विक, राधिका घर्ती, बिन्दु गौतम, राधा रेग्मी, पवित्रा शर्मा, पूजा बस्याल, कविता पुन, सुशीला रसाइली, सीता विक, गीता गोतामे, ईश्वरी घर्ती, सन्तोषी थापा, बब्ली बसेल, जानकी उचै, गीता राना, शुष्मा बस्याल, सरिता बस्याल, बसन्ता खत्री, सुनिता बस्याल, विष्णु विक, शर्मिला विक र गीता गुरुङ रहनुभएको छ ।

निर्वाचित समितिलाई केन्द्रीय अध्यक्ष खनाल, सुदूर पश्चिमोत्तर क्षेत्रिय सदस्य जुना चालिसे, विद्यार्थी सङ्घकी केन्द्रीय कोषाध्यक्ष रक्षा सोमरे र भाइचारा सङ्गठनका गोविन्द बिसीलगायतले बधाई दिनुभएको थियो ।

सभामा केन्द्रीय सदस्यहरू धनबहादुर गोर्खाली र तारा सोमरे, केन्द्रीय सल्लाहकार राजकुमार शाही, महिला केन्द्रीय विभागकी सदस्य शुष्मा खड्का, क्षेत्रीय सदस्य लालबहादुर चुदाली, बिलबहादुर गुरुङ, रक्तिमका विजय घर्तीमगर, पत्रकार महासङ्घका जीवन घर्ती, यातायात व्यवसायी ऋषि कुँवर, खेम बस्याललगायतको पनि आतिथ्य रहेको थियो ।

घोषणासभामा धनबहादुर गोर्खालीको अध्यक्षतामा तथा लक्ष्मण खड्काको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत हिमप्रसाद सुनाम र सांस्कृतिक विभागका कलाकारले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार