मन्डिगोविन्दगढ नगरको आठौं नगर सम्मेलन सम्पन्न

गोविन्दगढ, १ सेप्टेम्बर । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित मन्डिगोविन्दगढ नगरको आठौं नगर सम्मेलन ३१ अगस्त र १ सेप्टेम्बर २०२४ को भव्यरुपमा सम्पन्न भएको छ।

सम्मेलनको उद्घाटन मूल प्रवाहका केन्द्रीय सल्लाहकार प्रेम आचार्यले व्यानर खोलेर गर्नुभएको थियो । आचार्यले उद्घाटन भाषणमा भारतमा नेपालीहरूको हकहितको पक्षमा मूल प्रवाहले अविचलीत संघर्ष रहिरहेको उल्लेख गर्नु भयो । वहाँले मूल प्रवाहका कार्यकर्ताहरूको सक्रियताले नै भारतमा अब्वल दर्जाको संगठन बनेको तथा अभिभावकको रुपमा स्थापित भएको बताउनु भयो ।

समारोहमा मूल प्रवाहका केन्द्रीय सदस्य तिलक पौडयाल, क्षेत्रीय सदस्य बिनु नेपाली, महिला क्षेत्रीय सदस्य माया आचार्यले शुभकामना दिनुभएको थियो । उद्घाटन तथा बन्दसत्र राम बहादुर ताम्राकारको अध्यक्षतामा तथा लाल बहादुर विकको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत माया विकले गर्नु भएको थियो ।

बन्दसत्रमा प्रगति प्रतिवेदन रामबहादुर ताम्राकार र आर्थिक प्रतिवेदन तारा बहादुर जीसीले प्रस्तुत गर्नु भएको थियो ।

घोषणा सभा :
मूल प्रवाह मन्डिगोविन्गढ नगरको आठौं नगर सम्मेलनले ११ पुर्ण ३ बैकल्पिक र ३ सल्लाहकार सहित १७ सदस्यीय नगर समिति निर्वाचन गरेको छ। निर्वाचित कार्यकारिणीहरूको घोषणा मूल प्रवाह केन्द्रीय बैकल्पिक सदस्य रामचन्द्र पौडेलले गर्नु भएको थियो । जसमाः अध्यक्ष– लाल बहादुर विक, उपाध्यक्ष– तारा बहादुर जिसी, सचिव– राम बहादुर ताम्राकार, सहसचिव– माया विक, कोषाध्यक्ष– रतन विक रहनु भएको छ ।

यसैगरि सदस्यहरूमा खिम बहादुर सुनार, शुरेस परियार, बिमला शर्मा, हुकुम केसी, बिष्णु सेन र जुद्ध परियार रहनु भएको छ । यसैगरि बैकल्पिक सदस्यमा करण शर्मा लाल बहादुर सोनी (प्युठानी), र एक रिक्त राखिएको छ भने सल्लाहकारहरूमा कमल जिसि, बिनित विक र एक स्थान रिक्त राखिएको छ।

महिला विभाग:
सम्मेलनले बिमला शर्माको संयोजकत्वमा १३ सदस्यीय महिला विभाग गठन गरेको छ । जस्मा सदस्यहरू क्रमशः मन्जु विक, मिना सुनार, माया विक, बिष्णु विक, देवि शाही, सावित्री परियार, सीता पौडेल, आशा परियार, सुनिता सुनार, साबी थापा र बिमला विक रहनु भएको छ।

सम्मेलनमा शुभकामना दिने वक्ताहरूमा मूल प्रवाह केन्द्रीय सदस्य तिलक पौडेल, साँस्कृतिक विभाग केन्द्रीय सदस्य बिनु नेपाली, क्षेत्रीय सदस्यहरू राजकुमार अधिकारी, अर्जुन कार्की, माया आचार्य, जनजाति बिभागका मान बहादुर थापा, महिला सदस्य बसन्ती थापा, रक्तिम बिभाग गोबिन्द परियार, अखिल भारत नेपाली एकता मञ्चका भरत सेन, रोपडबाट श्याम बहादुर र प्रेम थापा, लुधियाना सिटिका चेत बहादुर, लुधियाना फोकलपाईन्टका भगत विक लगाएत हुनुहुन्थ्यो ।

घोषणा सभा राम बहादुर ताम्राकारको अध्यक्षतामा तथा लाल बहादुर विकको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत बिमला शर्माले गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा रक्तिमका कलाकारहरुले भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार