बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर नगर समितिको आयोजनामा ४ सितम्बर २०२४ का दिन सावित्री थापाको संझनामा शोकसभा कर्यक्रम सम्पन्न गरिएको छ ।
सावित्री थापा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर नगर समितिका कोषाध्यक्ष हुनुहुन्थ्यो ।
मूल प्रवाह उत्तर नगर समिति बेंगलोरका सदस्य चन्द्र बहादुर थापाको श्रीमती, केन्द्रिय सदस्य भिम बहादुर थापाको सुपुत्री हुनुहुन्छ । सावित्री थापा ४४ वर्षको हुनुहुन्थ्यो । नेपाल नवलपरासी बर्दघाट नगरपालिका वार्ड नं १६ हाल बेंगलोर आर टी नगर मनोरन पल्यामा लामो समय देखिबस्दै आएका थिए ।
शोकसभा कार्यक्रमको सञ्चनल ओम बहादुर दाहालले अध्यक्षता मृतक का श्रीमान चन्द्र बहादुर थापाले गर्नुभएको थियो ।
शोक सभामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्र समितिका कोषाध्यक्ष मदन शर्मा, सदस्य भिम बहादुर थापा, नरेश कुमार बिक, दक्षिण भारत क्षेत्र समितिका सहसचिव धर्मराज शर्मा, सदस्य गोविन्द शर्मा, सदस्य धर्म पहरी, क्षेत्रीय विभागकी सदस्य दुरा पहरी, दक्षिण नगर समितिका सदस्य राजु देवी बिक, उत्तर नगर समितिका सदस्य निर्मला दाहाल, उत्तर नगर महिला विभागकी सरस्वती केसी, सुभचिन्तक भारती परियार, शान्ती परियार र कृष्ण परियारले पनि शोक मन्तब्य दिनुभएको थियो ।