नवाशहर, ६ सेप्टेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत नवाशहर नगर समितिको बाहौं नगर सम्मेलन ६ सेप्टेम्बर २०२४ को सम्पन्न भएको छ ।
सम्मेलन मूल प्रवाहका केन्द्रीय सचिव एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले करतार ध्वनीमा व्यानर खोलेर उद्घाटन गर्नु भएको हो । सापकोटाले उद्घाटन भाषणमाः प्रवासी नेपालीहरूको हकहितको रक्षाको पक्षमा मूल प्रवाहले अभिभावकको रुपमा काम गरिरहेको बताउनु भयो ।
अध्यक्षमा रसाइली
सम्मेलनद्धारा १३ पुर्ण ४ बैकल्पिक र ४ सल्लाहकार गरि २१ सदस्यीय निर्वाचित नगर समितिको चयन गरेको छ । नवनिर्वाचित समितिको घोषणा केन्द्रीय सदस्य दिनेश खड्काले गर्नुभएको थियो ।
जस्माः अध्यक्ष– तुल बहादुर रसाइली, उपाध्यक्ष– गंगादेवी रसाइली, सचिव– गंगा बहादुर शेर्पाली, सहसचिव– शंकर शर्मा, कोषाध्यक्ष– गंगुराम शेर्पाली रहनु भएको छ । यसैगरि सदस्यहरूमाः शान्ता शर्मा, विष्णु श्रीपाली, पार्वती रसाइली, सुनिता श्रीपाली ए, कमला हरमेल, थमन बहादुर छन्त्याल, सुनिता श्रीपाली बि, अमर बहादुर बैकल्पिक सदस्यहरूमाः कमला श्रीपाली, दुर्गा बहादुर रसाइली, सिमा श्रीपाली र ईन्दु श्रीपालीलाई निर्वाचित गरेको छ । भने सल्लाहकारहरूमा विक्रम बिक, राम कुमार गुरुङ र दुई स्थान रिक्त राखिएको छ।
महिला संयोजक श्रीपाली
सम्मेलनको सन्दर्भमा बिष्णु श्रीपालीको संयोजकत्वमा ११ सदस्यीय महिला नगर विभागको पनि गठन गरिएको छ । जस्माः सदस्यहरूमा शान्ता शर्मा, पार्वती रसाइली, सुनिता श्रीपाली ए, सुनिता श्रीपाली बि, गंगादेवी रसाइली, कमला श्रीपाली, सिमा श्रीपाली, कमला हरमेल, ईन्दु श्रीपाली र आरती छन्त्याल रहनु भएको छ ।
सम्मेलनमा मूल प्रवाह क्षेत्रीय सदस्य तुल बहादुर रसाईली, महिला सदस्यहरू गँगा देबि र पार्वति रसाईली, जनजाति विभागका बिल बहादुर गुरुङ, रक्तिमका बिजय घर्तीमगर, रोपड नगरका नारायण सापकोटा लगाएतको आथित्यता रहेको थियो ।
कार्यक्रम शान्ता शर्माको अध्यक्षतामा तथा बिक्रम बिकको संचालनमा सम्पन्न भएको थियोे ।