जम्मुमा मूल प्रवाहको प्रथम नगर सम्मेलन सम्पन्न

जम्मु, ६ सितम्बर । भारतको केन्द्र शासित प्रदेश जम्मु कश्मिरको जम्मु शहरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जम्मूको प्रथम नगर सम्मेलन सम्पन्न पारिएको छ ।
मूल प्रवाहका केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय सचिव कुल बहादुर बगालेको प्रमुख आथित्यतामा प्रथम नगर सम्मेलन सम्पन्न भएको हो ।

अध्यक्षमा गुरुङ
………..
मूल प्रवाहका नेता कुल बहादुर बगालेले घोषणा गर्नु भएको निर्वाचित समितिमा १७ पूर्ण ५ वैकल्पिक ५ सल्लाहकार गरि २७ सदस्यीय नगर समिति निर्वाचित भएको छ ।

जस अनुसार अध्यक्षमा रामबहादुर गुरुङ, उपाध्यक्षमा ओम प्रकाश गौतम, सचिवमा मेघ गुरुङ, उपसचिवमा राजकुमार र कोषाध्यक्षमा किरण गुरुङ सदस्यहरुमा क्रमशः माया गुरुङ, हिमांशु गुरुङ, शशिराम घर्ती, शक्ति बुढा मगर, यमि मगर, दिपक कुवर, हिमा घर्ती, रेश्मा थापा, अस्मिता थापा, पार्वती देवी, लक्ष्मी थापा, सन्तोष बिक वैकल्पिक सदस्यहरुमा अमित गुरुङ, खुम बहादुर खत्री, दिपक कुमार, अमित गुरुङ र एक स्थान रिक्त राखिएको छ ।

यसैगरी सल्लाहकारमा सुजल गुरुङ, कमला सुनार, जीवन मगर, यम केसी र मिठे बहादुर कुवँर रहनु भएको छ ।

महिला विभाग
……….
मूल प्रवाहका केन्द्रीय परिषद सदस्य राम बहादुर गुरुङले घोषणा गर्नु भएको सो महिला १३ सदस्यीय रहेको छ। जस्को संयोजक– अस्मिता थापा रहनु भएको छ। भने सदस्यहरुमा मायाँ गुरुङ, कमला देवी, हेमा देवी, लक्ष्मी, कमला बिक, सुनिता थापा, यमि थापा, पार्वती, रेशमा थापा, लक्ष्मी घर्तीमगर र सन्जान घर्ती रहनु भएको छ।

साँस्कृतिक विभाग
……….
सम्मेलनले १३ सदस्यीय साँस्कृतिक विभाग गठन गरिएको छ । जस्को संयोजक– पुष्पा र सदस्यहरुमा मायाँ गुरुङ, सुर्ती, विष्णा, रोशनी, खुश्बु, संजना, मनिषा, संजना घर्ती, सपना, लक्ष्मी र सोनिया रहनु भएको छ।

कार्यक्रम राम बहादुर गुरुङको सञ्चालनमा तथा मेघ गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो भने स्वागत राजु कुमारले गर्नुभएको थियो । बिच बिचमा साँस्कृतिक टोलीद्वारा कार्यक्रम प्रस्तुत गरिएको थियो भने कलाकारहरुलाई साझ पुरस्कर पनि वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार