
चन्डिगढ । प्युठानका पत्तेबहादुर पुनको दाहसंस्कार मूल प्रवाहअखिल भारत नेपाली एकता समाजको रोहबरमा भएको छ ।
भारतको हरियाणा राज्यको पञ्चकुलामा मृत अवस्थामा फेला परेका ४१ वर्षीय पुन को ८ सेप्टेम्बर २०२४ मा मूल प्रवाहले आवश्यक कानुनी प्रकृया पूरा गरी दाहसंस्कार गरिएको हो ।
मृतक फत्तेबहादुर पुन झिमरुक गाउँपालीका वडा नं. ५ मच्छी, तिलहालना निवासीको हुनुहुन्थ्यो ।
पञ्चकुलाको चन्डिमन्दिर हिल्स एरियाको भित्री सडकको किनारामा मृत फेला परेका पुनको आफन्त खोज्ने कार्य मूल प्रवाहका केन्द्रीय सदस्य खिमराज चालिसेले सामाजिक सञ्जाल मार्फत् थालनी गरेपछि परिवार सम्पर्कमा आएका थिए ।
मृतकका दाजु टुकमान पुन अस्पतालमा पुगी भाईको सनाखत गरेपछि मुल प्रवाहका कार्यकर्ता तेजबहादुर रोका, थानेश्वर पान्डे र बलुराम बन्जाडेको उपस्थितिमा आवश्यक कानुनी प्रकृया पूरा गरि पोष्टमार्टम गरिएको हो ।
स्मृतिशेष पुनको दाहसंस्कारमा मुल प्रवाहका कार्यकर्ता, मृतकका दाजु र आफन्तसमेतको उपस्थितिमा अन्तिम दाहसंस्कारर गरिएको थियो ।
















