मूल प्रवाहको पहलमा दुर्घटनाका घाइतेलाई सहयोग

चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढको पहलमा सडक दुर्घटनाका एकजना घाइतेलाई आर्थिक सहयोग गरिएको छ । दाङ जिल्लाको घोराही उपमहानगरपालिका–३ रंगगढा, टिकनेपुर निवासी २२ वर्षीय सुशील विकलाई मूल प्रवाहले उपचारार्थ भारु २० हजार ९८० अर्थात् नेरु ३३ हजार ५३८ रुपैयाँ सहयोग गरेको हो ।

सुशील गएको अगस्त २८ तारिखका दिन भारतको उत्तर प्रदेश राज्यको मुरादावादमा सडकमा पैदल हिँडिरहेको बेला अज्ञात वाहनले ठोक्कर हान्दा गम्भीर घाइते भएका थिए । दुर्घटनामा परेको चारदिन पछि पंजाबमा दाजुले थाहा पाएपछि उनलाई मोहालीमा ल्याएर उपचार चलाइरहेका छन्।

आर्थिक स्थिती निकै कमजोर रहेका सुसीलकी भाउजु कमला बिकले मूल प्रवाहलाई दिएको निवेदनका आधारमा मूल प्रवाह सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य जुना चालिसे, संचारकर्मी खिमराज चालिसे, सगरमाथा टुर एण्ड ट्रावल्सका गोपाल बन्जाडेको सक्रियतामा सहयोग संकलन गरि हस्तान्तरण गरिएको हो।

मूल प्रवाहको पहलमा भारु ६ हजार २२० रुपैयाँ चंडिगढ स्थित ट्रावल्सहरु सगरमाथा ट्रावल्सबाट ५ हजार ८० रुपैयाँ, सुनौलो सगरमाथाबाट ४ हजार ३३० रुपैयाँ हिमालयबाट ३ हजार ४०० रुपैयाँ र सुपा देउरालीबाट १ हजार ९५० रुपैयाँ गरि जम्मा भएको २० हजार ९८० रुपैयाँ हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार