जालन्धरमा मूल प्रवाहको सम्मेलन एवं तिजी समिक्षा

चंडिगढ, ३ अक्टुबर । भारतको पंजाब राज्यको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धरको १४औं नगर सम्मेलन एवं तिजी कार्यक्रमको समिक्षा आईतबार २० सेप्टेम्बर २०२४ को सम्पन्न गरिएको छ ।

मूल प्रवाहका केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय सचिव कुल बहादुर बगाले प्रमुख अतिथि रहेको सो समिक्षा समारोहमा मूल प्रवाह केन्द्रीय बैकल्पिक सदस्य धन बहादुर गोर्खाली, नगरका रामु विक, जुना सुनार, हिमप्रसाद सुनाम, लक्ष्मण केसी, नारायण पोख्रेल, सन्जीत बस्याल, चन्द्र बस्याल, माधव खनाल, देवसिंह गुरुङ, जमुना गहा, लक्ष्मी थापा, इन्दिरा कुँवर, रमा बिष्ट, रोशनी बस्याल, बसन्ता खत्री, सरिता बस्याल, माया केसी, माया परियार, शान्ता चौधरी, मनिकला बस्याल, गोमा विक, कमला विक, मीना सुनार, मीना विक, सुमित्रा नेपाली, कविता थापा, विवेक सारु, निरज सोमै, सविता थापा, प्रकाश गाहा, नेती सोमै, अमृता बिष्ट लगाएतले आ–आफ्नो समिक्षा बिचार राख्नु भएको थियो ।

अतिथिहरुलाई जमुना गाहा, रमा बिष्ट, रोशनी बस्याल र गोमा विकले खादा ओढाएर सम्मान गर्नुभएको थियो भने १४औं नगर नेपाली एकता सम्मेलनको दौरानमा मेष व्यवस्थापन गरि सहयोग पुर्याउनु हुने संस्थालाई नगर समितिको तर्फबाट लक्ष्मी थापा र इन्दिरा कुँवरले स्मृति चिन्ह दिएर सम्मान गर्नुभएको थियोे । सम्मान सो समितिका राजु केसीले ग्रहण गर्नुभएको थियो ।

कार्यक्रम जीतमान थापाको अध्यक्षतामा तथा तिल बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत लक्ष्मण खड्काले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार