खिमराज चालिसे
चंडिगढ ०५ नोबेम्वर २०२४ भारतको हरियाणा राज्यको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको २०८१ सालको प्रगतिशिल देउसीभैलोको कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ। देउसीभैलोको उदघाटन मूल प्रवाह केन्द्रीय सदस्य तारा सोमरेले मैनबत्ती बालेर दिनांक ०२ नोबेम्वर २०२४ को गर्नु भएको थियो। कार्यक्रममा केन्द्रिय परिषद सदस्य केहर सिहँ घर्ती मगर, क्षेत्रीय सदस्यहरु लाल बहादुर चुदाली,ओम प्रकाश तिवारी, महिला विभाग क्षेत्रकी सेती राना, चन्द्रा सोमरे, कमला बगाले, रक्तिमका योगेन्द्र दर्लामी, समताका कुसुम सोनी, जनजाती नगरका मन बहादुर घर्ती मगर, रक्तिमका दिपा लम्तरी, बिद्यार्थी संघका योगिता थापा, मूल प्रवाह सिटि ए बाट कमल क्षेत्री, सिटि बि बाट अनिल रास्कोटी, इन्ड्रष्ट्रीयल एरियाबाट रामु भुर्तेल लगाएतको आथित्यता रहेको थियो। कार्यक्रम शुरेश क्षेत्रीको अध्यक्षतामा तथा नारायण बिकको संचालनमा सम्पन्न भएको हो भने स्वागत नन्द बहादुर लम्तरिले गर्नु भएको थियोे । सामुहिक रुपमा हलमा खेलिएको भैली तथा सांस्कृतिक टिमको स्टेज संचालन योगेन्द्र दर्लामीले गर्नुभएको थियो।