चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गौरवमय ४६औं स्थापना दिवशको कार्यक्रम चंडिगढ र हिसार नगरहरूले आ आफना नगरमा भव्यरुपमा मनाएका छन्।
चंडिगढ,
मूल प्रवाह चंडिगढ नगर समितिको आयोजनामा आज ७ नोवेम्वर २०२४ को ४६औं स्थापना दिवश समारोह सम्पन्न भएको छ । सभामा एकता समाजको गौरवमय इतिहास र प्रवासी नेपालीहरूको समसामयिक समस्याहरूमा एकता समाजले खेलेको भुमिका लगायतका विषयहरूमा गहकिला विचार राख्दै बोल्ने वक्ताहरूमा मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खड्का, केन्द्रीय सदस्य एवं नेपाली समाचारका संयोजक खिमराज चालिसे, मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य तेज बहादुर रोका, जनजाति नेता थमन थापा, महिला क्षेत्रीय सदस्यहरू सरस्वता भुसाल, मन्जु बिक र बिष्णु अर्याल लगाएत हुनुहुन्थ्यो ।
कार्यक्रम नगर अध्यक्ष मानबहादुर केसीको अध्यक्षतामा तथा लक्ष्मी अधिकारीको सञ्चालनमा सम्पन्न भएको हो भने लक्ष्मण खनालले स्वागत गर्नु भएको हो।
हिसार,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिको आयोजनामा ४६औं स्थापना दिवसको कार्यक्रम आज ७ नोभेम्वर २०२४ को सम्पन्न भएको छ ।
मूल प्रवाहका केन्द्रीय सदस्य तारा सोमरेले मूल प्रवाहको ईतिहास, देशको तत्कालीन राजनीतिक अवस्था र देश भित्र मूल प्रवाहले जनपक्षीय आन्दोलनमा महत्वपूर्ण भुमिका खेल्दै आएको चर्चा गर्नु भयो ।
सभामा मूल प्रवाह बारे एवं यही आउने चैत्र २४ देखि ३१ सम्मको संघीयता खारेजी आन्दोलनमा आर्थिक, नैतिक तथा भौतिक रुपमा सहयोगको आवश्यकता बारे मन्तब्य राख्ने वक्ताहरूमा मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य बाबुराम पोख्रेल, महिला क्षेत्रीय सदस्य सेती राना, राजमो सदस्य देविप्रसाद पौडेल लगाएत हुनुहुन्थ्यो ।
कार्यक्रम सुरेश क्षेत्रीको अध्यक्षतामा तथा दुर्गा ज्ञावलीको सञ्चालनमा सम्पन्न भएको थियो । भने स्वागत नन्दबहादुर लम्तरीले गर्नु भएको थियो ।
रोपड,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गौरवमय ४६आंै स्थापना दिवशको कार्यक्रम सुदुर पश्चिमोत्तर क्षेत्रको रोपडले भव्यरुपमा मनाएको छ ।
सभामा एकता समाजको गौरवमय इतिहास तथा मूल प्रवाहको आवश्यकता बारे विचार राख्दै बोल्ने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय सचिव एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, महिला क्षेत्रिय संयोजक सिता सापकोटा, परिषद सदस्य बिल बहादुर गुरुङ, महिला क्षेत्रीय सदस्य रुपा कार्की, नगर संयोजक हरिकला कडेल, महिला क्षेत्रीय सदस्य दुर्गा लामिछाने, नगर सदस्य राधिका सापकोटा, माया गुरुङ, चन्द्रकला सापकोटा, दयाराम लामीछाने, विध्यार्थी संघकी प्रतिक्षा थापा, गिता सापकोटा, लक्ष्मी गुरुङ लगाएत हुनुहुन्थ्यो ।
कार्यक्रम भिम कार्किको अध्यक्षतामा तथा मदन थापाको सञ्चालनमा सम्पन्न भएको हो भने नारायण सापकोटाले स्वागत गर्नु भएको थियोे ।