
चेन्नई पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समितिको आयोजनामा ४६औं स्थापना दिवस मूल प्रवाह पश्चिम नगर समितिका सदस्य दुर्गा बहादुर रायमाझीको अध्यक्षता, नगर समितिका सचिव किशोर शर्माको सञ्चालन तथा मूल प्रवाह केन्द्रीय समितिका कोषाध्यक्ष मदन शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
अतिथिहरूमा मूल प्रवाह केन्द्रीय सदस्य केशमान नेपाली, दक्षिण भारत क्षेत्रीय सचिवालय सदस्य बुद्धिराम पौडेल हुनुहुन्थ्यो। एक मिनट ज्ञात अज्ञात शहिदहरूप्रति मौनधारण पश्चात प्रकाश नेपालीको स्वागत मन्तव्यबाट अगाडि बढेको कार्यक्रममा शुभकामना मन्तब्य कार्यक्रमका प्रमुख अतिथी केन्द्रीय समितिका कोषाध्यक्ष मदन शर्मा हुनुहुन्थ्यो ।
वहाँले ४६औं स्थापना दिवसको गौरवमय इतिहास बिभिन्न आरोह अवरोह पार गर्दै संगठनमा बिभिन्न समयमा देखिने अवसरवादी तत्वहरूको बिरुद्ध संघर्ष गर्दै अगाडि बढिरहेको सन्दर्भमा अझै हिम्मतका साथ अघि बढ्ने प्रेरणा र उर्जा मिलेको बताउँदै कुनै बिषाक्त हावा हुरीले यस संगठनलाई तहसनहस पार्न नसक्ने र कसैले दुस्साहस गर्छ भने त्यो आंफै सिद्दिएर जाने दावी गर्नुभयो । यस्तै शुभकामना मन्तब्य केन्द्रीय सदस्य केशमान नेपालीले पनि ४६औं स्थापना दिवसको सन्दर्भमा आफ्ना सारगर्भित भनाई राख्नुभएको थियो।
क्षेत्रीय सचिवालय सदस्य बुद्धिराम पौडेलले पनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गौरवमय ईतिहास लगायतका समसामयिक विषय समेटेर आफ्नो मन्तव्य राख्नु भएको थियो । मूल प्रवाह चेन्नई पश्चिम नगर सदस्य तथा साँस्कृतिक बिभाग संयोजक डिल बहादुर जिएमले धन्यवाद मन्तव्य दिनुभएको थियो ।















