
जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गौरवमय ४६ औं स्थापना दिवशको कार्यक्रम सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा संचालित नगर समिति जालन्धर ले ७ नोवेम्वर २०२४ को भव्यरुपमा मनाएको छ।
मूल प्रवाह केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय सचीव कुल बहादुर बगालेको प्रमुख आथित्यतामा सम्पन्न समारोहमा बगालेले एकता समाजको गौरवमय इतिहास तथा मूल प्रवाहको आवश्यकता सम्वन्धमा गहन विचार राख्नु भएको थियो ।
सभामा बोल्ने अन्य वक्ताहरुमा मूल प्रवाह केन्द्रिय बैकल्पिक सदस्य धन बहादुर गोर्खाली केन्द्रिय महिला विभाग कि सदस्य शुष्मा खड्का , केन्द्रिय परिषद सदस्य लक्ष्मण खड्का सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य हिम प्रसाद सुनाम महिला क्षेत्रिय सांस्कृतिक टोली सदस्य तथा नगर सदस्य इन्दिरा कुँवर एवं रमा बिष्ट, नगर सदस्य रोशनी बस्याल, लगाएत महिला विभाग कि सरिता सुनाम हुनुहुन्थ्यो।
कार्यक्रम जितमान थापाको अध्यक्षतामा तथा लक्ष्मण केसी l संचालनमा सम्पन्न भएको हो भने हिम प्रसाद सुनामले स्वागत गर्नु भएको थियोे।















