
प्युठान स्वर्गद्वारी नगरपालिका वार्ड नम्बर ५ सारी स्यानिलेखबाट बसाइँसराइ गरि हाल दाङ जिल्ला राप्ति गाउँपालिका ६ मा रहनु हुने टेकबहादुर घर्ति मगरकी श्रीमति श्रमिला घर्ति मगर बर्ष २६ की उचाइ करिब ५ फुट र रंग गहुँगोरो वर्ण रहेकी यहीँ दशैंमा माइत गएकी अहिलेसम्म सम्पर्क बिहिन छिन् । नेपाल प्रहरी दाङको भालुभाङमा खोजविनको जाहेरी दिंदा हराउने महिलाको लोकेशन ४ गतेसम्म बर्दियाको देखाउने गरेको जानकारी दिएको छ । तर श्रमिला पुरानो श्रीमान सल्यान बासघर स्थित दिनेश राउतसँग भारतको हिमाञ्चल प्रदेशको कोट्खाइमा रहेकोे आंशका रहेको छ । श्रमिला भाग्दा भएको केही घरका सामग्रीहरू र गरगहना समेत लिएर भागेकि छिन् । करिब छ सात लाखको नगद र जिन्सी सामान लगेको उनको श्रीमानको आरोप छ । साथमा दुई बच्चाहरू पनि छन् तथा निज श्रमिलाको साथमा केही दिनदेखि आफ्नै पुरानो श्रीमान विभिन्न नामको बहाना गरेर दाङको आफ्नै घरमा बस्दै आएको आफ्नो छिमेकीहरू बताउँछन् । त्यस आधारमा निज महिला सोही व्यक्ति दिनेश राउतसँग भागेर गएको आंशका छ । उनीहरू फेला पार्नु हुने महानुभावले नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा तल उल्लेखित मोबाइल नम्बरमा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ । सम्पर्क नम्बरहरू : 7012689914, 9780149372















