कोयम्बटोरमा दिउसी भैलो सम्पन्न

कोयम्बटोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, कोयम्बतुर नगर समितिको आयोजनामा २०२४ एबं (२०८१) सालको भाइ तिहार एवं शुभ दीपावलीको उपलक्ष्यमा जनबादी देउसी–भैली कार्यक्रमको उद्घाटन गरि १० नोभेम्बरका दिन नगर कार्यालय सिंनालुर, कोयम्बतुरमा भब्य र सानदार रुपमा समापन भएको छ ।

उक्त जनबादी देउसी–भैली सामापन कार्यक्रम चन्द्रप्रसाद पौडेलको सञ्चालन र चन्द्रदत्त शर्माको अध्यक्षतामा अगाडि बढेको थियो । कार्यक्रममा दक्षिण भारत क्षेत्रीय समितिका सदस्य भिमलाल शर्माको अतिथि आसन ग्रहण पछी देश र जनताको निम्ति ज्यान गुमाउनुभएका सहिदहरुप्रति १ मिनेट मौनधारण पश्चात कार्यक्रममा उपस्थित जनसमुदायहरुलाई रक्तिम साँस्कृतिक परिवारका कलाकारहरुले संगितबाट र नगर समितिका खिमानन्द शर्माले शब्दबाट स्वागत गर्नुभएको थियो ।

बीच बीचमा कलाकारहरुले देउसी भैली र प्रगतिशिल र रक्तिम गितहरु प्रस्तुत गर्नुभएको थियो । त्यसैगरि देउसी–भैलीलाई सहयोग गर्ने सहयोगीहरुको नामावाली टाउन हल र अरसुर एरिया समिति तर्फको चन्द्रप्रसाद पौडेल, इरोड तर्फको खिमानन्द शर्मा, कनबाई एरिया समिति तर्फको चन्द्रदत्त शर्मा र जनसन कलेज तर्फको चिरन्जिबी शर्माले प्रस्तुत गर्नुभएको थियो । देउसी–भैली कार्यक्रममा दक्षिण भारत क्षेत्रिय समितिका सदस्य भिमलाल शर्माले शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार