
चंडिगढ । चंडिगढमा २०८१ सालको तिहारको देउसीभैलोको समिक्षा तथा सम्मान समारोह आइतवार २४ नोबेम्वर २०२४ को सम्पन्न भएको छ ।
मूल प्रवाहका केन्द्रीय सदस्य खिमराज चालिसेको प्रमुख आथिती रहेको उक्त समारोहमा चालिसेले प्रगतिशिल भैलोको महत्व र आर्थिक पक्ष र कार्यक्रताहरूको भुमिका बारे चर्चा गर्नुभएको थियो ।
समारोहमा गहकिला विचार राख्दै बोल्ने शुभकामना दिने वक्ताहरूमा मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य जुना चालिसे र तेज बहादुर रोका, साँस्कृतिक विभाग केन्द्रीय सदस्य बिनु नेपाली, विध्यार्थी केन्द्रीय सदस्य नारायण आचार्य, महिला नगर संयोजक जमुना खनाल, जनजाति विभागका थमन थापा, समता विभागका दुर्गा विक लगाएत हुनुहुन्थ्यो ।
किसन खनालको नेतृत्वमा ए टिम र तेज बहादुर रोकाको नेतृत्वमा खेलिएको देउसी भैलोको समिक्षा गर्दै प्रेम गुरुङ, मिना बण्जाडे, प्रेम नेपाली र माया नेपाली लगायतले विचार राख्नु भएको थियोे । समारोहमा नगर समितिको तर्फबाट कलाकार र नयाँ प्रतिभाहरूलाई टिका लगाएर नगर अध्यक्ष मानबहादुर केसीले स्वागत गरेपछि मूल प्रवाह केन्द्रीय सदस्य खिमराज चालिसेले ट्राफी दिएर सम्मान गर्नु भएको थियोे ।
सम्मानित हुने कलाकारहरूमा बिनु नेपाली, जुना चालिसे, लिला विक, अर्जुन विक, सरस्वता भुसाल, विष्णु अर्याल, नारायण आचार्य, दुर्गा विक, सिमा खड्का, जमुना खडका, दान बहादुर जीसी, बिजय घर्तिमगर, सुरज चालिसे, सिमा विष्ट, सन्दिप विक, कल्पना जीसी, हेमराज विक, संगिता विक, सम्झना विक, अनन्या आचार्य, अंकिता खनाल, निकिता पाण्डे, कृतिका पाण्डे, वर्षा पाण्डे, राम पंथी, सिमा आचार्य, पार्वता जिसी, प्रेम नेपाली लगाएत हुनुहुन्थ्यो ।
यसैगरि नवप्रतिभाहरू दुर्गा कार्कि, पुर्णिमा विसी, सारु विक, सार्थक पाण्डे, साहिल आचार्य, दिव्या बेल्वासेलाई पनि सम्मान गरिएको हो भने कतिपय सहयोगीहरूलाई पनि सम्मान गरिएको हो । कार्यक्रम नगर अध्यक्ष मान बहादुर केसीको अध्यक्षतामा तथा नगर सचिव थानेश्वर पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत विष्णु बेल्बासेले गर्नु भएको थियोे ।















