
चंडिगढ । भारतको पंजाब राज्यको लुधियानामा आज २४ नोबेम्वर २०२४ को मूल प्रवाहको २०८१ सालको प्रगतिशिल जनवादी भैलोको समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
समारोहमा देउसीभैलोको महत्वबारे प्रकाश पार्दै बोल्ने वक्ताहरूमा महिला क्षेत्रीय सदस्य बिमला अधिकारी र बसन्ती थापा फोकल प्वाइंट नगरका धन बहादुर गती मगर, इन्द्र केसी, सुरज केसी, धन प्रसाद अधिकारी, महिला नगरका मिना दलामि र कमला परियार जनजाति विभागका देबिराम थापा, साँस्कृतिक विभागका असमिता थापा र गिता केसी विद्यार्थी संघकि बिषाका क्षेत्री लगायतले सम्वोधन गर्नु भएको थियोे ।
कार्यक्रम मोहन केसीको अध्यक्षतामा तथा अर्जुन कार्कीको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत लक्ष्मण भट्टले गर्नु भएको थियोे ।















