सम्पर्कविहीन लक्ष्मी सावतको खोजीमा मूलप्रवाह

चन्डिगढ । भारतको लुधियानाबाट डिसेम्बर २३, २०२४ देखि सम्पर्कविहीन १७ वर्षीया किशोरी लक्ष्मी सावतको खोजीकार्यमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लागेको छ ।

लुधियानाको ग्यासपुरामा परिवारसहित बसोबास गर्दै आइरहेकी निज किशोरी अचानक सम्पर्कविहीन बनेपछि परिवारले मूल प्रवाहसमक्ष खोजतलासमा सहयोग गर्न निवेदन दिएको थिए ।

सम्पर्कविहिन लक्ष्मी अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर २ निवासी चन्द्रबहादुर सावतको छोरी हुन ।

निज लक्ष्मीलाई कसैले भेट्याउनुभएमा नजिकको मूल प्रवाह कार्यालय वा भारतमा नरेन्द्र सावत ८३६००८३७३२ र ७००६९६८८४१ मा खबर गरिदिन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार