बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न

  • हेम विजी
  • चिदम्बरम, ३१ डिसेम्बर २०२४ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर सचिव सुर्यमान गिरीलाई एक समारोह आयोजन गरि बिदाई तथा सम्मान गरिएको छ । वहाँले चिदाम्बरम नगर समितिमा संगठन परिचालनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको थियो ।

    भारत प्रवासको आफ्‌नो जागिरेबाट अवकाश लिएको अवसरमा आयोजन गरिएको उक्त बिदाई तथा सम्मान समारोहको उद्घोषक गोकूल बहादुर गायक, अध्यक्षता मोहराज शर्मा र प्रमुख अथिति क्षेत्रीय सदस्य डिल्लीप्रसाद शर्मा, पाण्डीचेरी नगर अध्यक्ष गोविन्द शर्मा र कार्यक्रमका सम्मानित व्यक्तित्व तथा बिषेश अथिति सुर्यमान गिरीको मञ्चमा आसनग्रहण पश्चात सुर्यमान गिरीलाई चन्दन माला, अविर र खादा ओढाएर सम्मान गरिएको थियो । उक्त बिदाई समारोहमा उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरूलाई शब्दद्वारा नगर सदस्य प्रेम प्रसाद पराजुलीले स्वागत गर्नुभएको थियो।

    बिदाई समारोहका प्रमुख अथिति डिल्ली प्रसाद शर्माले बिदाई मन्तव्य राख्दै भन्नु भयो– सुर्यमान गिरी एउटा ईमान्दार,अनुसासित र जुझारु व्यक्ति हुनुहुन्छ । एकता समाजको लक्ष्य, उद्देश्य र विचार बोकेर निरन्तर संगठन लाग्ने उहाँ एक उदाहरणीय कार्यकर्ता भएको बताउनु भयो । शर्माले मूल प्रवाहले दिएको राजनैतिक शिक्षा र वैचारिक ज्ञानलाई देशभित्रको परिवर्तनको आन्दोलनमा समर्पित गर्नुहुने छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

    सो समारोहमा क्षेत्रीय सदस्य हेम बिजी, क्षेत्रीय सांस्कृतिक विभागका बालाकृष्ण गायक, नगर समितिका जीवन पराजुली, पाण्डीचेरी नगर समितिका अध्यक्ष गोविन्द शर्मा र प्रवासी नेपाली संघ भारतका इन्द्रराज आचार्यले बिदाई मन्तव्य राख्नु भएको थियो ।

    गिरीले आफ्‌नो बिदाई मन्तव्य राख्दै– नगर समितिले मलाई सम्मान गरेकोमा आफु निकै खुशी भएको बताउनु भयो । साथै मूल प्रवाहबाट आफुले लिएको ज्ञान र अनुभवलाई स्वदेशमा गएर उत्पीडित जनताको मुक्ति आन्दोलनमा लगाउने प्रतिवद्ध व्यक्त गर्नु भयो।

    सन् १९९३ मा एकता समाजको सदस्य लिएर संगठन प्रवेश गर्नु भएको सुर्यमान गिरी चङलपेट नगर समितिमा आवद्धहँुदै चिदम्बरम नगर समितिको उपाध्यक्षको जिम्मेवारीमा पुगेर संगठनको विकास र विस्तारमा अविस्मरणीय भूमिका निभाउनु भएको थियो ।

    दक्षिण भारत तामिलनाडु राज्य कडलुर स्थित (MRK Co-op Sugar Mills) आरके कोअप सुगर मिल सेतियातोपमा कार्यरत सुर्यमान गिरीको नेपाल घर विहादी गाउँपालिका २, बर्राचौर नौनदी, पर्वत जिल्ला हो ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार