बठिन्डामा मूल प्रवाहको प्रशिक्षणसहित सदस्यता वितरण

बठिन्डा। भारतको बठिण्ठामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा प्रशिक्षण कार्यक्रमसँगै सदस्यता वितरण गरिएको छ ।

केन्द्रीय सचिव त्रिभुवन भट्टराईको प्रमुख आतिथ्यमा जनवरी ५, २०२५ का दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।

समारोहमा प्रमुख अतिथि भट्टराई र केन्द्रीय सदस्य नरबहादुर ओलीले समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणपछि उपस्थित सहभागीलाई मूल प्रवाहको सदस्यता वितरण गरिएको थियोे । कार्यक्रम नारायण केसीको अध्यक्षता तथा गणेश पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार