हिसारमा मूल प्रवाहका टोल समितिहरू गठन

हिसार । हरियाणा राज्यको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा श्रमिक मजदुरहरुको विचमा बेग्ला बेग्लै मिति र स्थानमा सम्पन्न भेलाले मूल प्रवाहका दुईबटा टोल समितिहरू गठन गरेको छ ।

फ्रेन्सकलोनी टोलसमिति

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्दारा संचालित सिटि एरिया समिति अन्तर्गत फ्रेन्डकलोनीमा १० जनवरी २०२५ को सम्पन्न टोल भेलाले नौ सदस्यीय टोल समिति गठन गरेको छ।

भेलामा मूल प्रवाहका केन्द्रीय सदस्य तारा सोमरेले मूल प्रवाहको विधान र भारतमा मूल प्रवाहको आवश्यकता बारे स्पष्ट पार्नु भएको थियो । उक्त भेलामा मूल प्रवाह महिला क्षेत्रीय सदस्यहरू सीता पोख्रेल, चन्द्रा सोमरे, नगर महिला संयोजक दुर्गा ज्ञावली र सदस्य गिता खनालको विषेश उपस्थिति रहेको थियो ।

भेलाले सविता शर्माको अध्यक्षतामा नौ सदस्यीय टोल समिति निर्माण गरेको छ । जसमाः सचिव– पार्वती छहरी, कोषाध्यक्ष– जीवन सोमरे र सदस्यहरुमाः शंकर छहरी, सरोज सोमरे, कौसल छहरी, दीक्षा सोमरे, सरोज सोमरे र सुरज कडेल रहनु भएको छ ।
कार्यक्रम सुरज कडेलको अध्यक्षतामा एवं जीवन सोमरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

माडलटाउन टोल समिति

त्यसैगरि सोही नगर समितिद्धारा संचालित इन्ड्रष्ट्रीयल एरिया अन्तर्गत न्यु माडलटाउनमा हरि क्षेत्रीको पहलमा ७ जनवरी २०२५ को माडलटाउन टोल समिति गठन गरिएको छ ।

भेलामा मूल प्रवाहका केन्द्रीय सदस्य तारा सोमरेले मूल प्रवाहको आवश्यकता बारे स्पष्ट पार्नु भएको थियो । भेलामा उपस्थित श्रमिकहरुको बिचमा गहनता पुर्वक छलफल पछि मूल प्रवाहको सदस्यता वितरण गरिएको थियो । भेलाले सुशील क्षेत्रीको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरेको छ । जस्माः सचिव– अशोक क्षेत्री, कोषाध्यक्ष– साहाना क्षेत्री, सदस्यहरुमाः लक्ष्मी क्षेत्री, रामु क्षेत्री, कुलदिप क्षेत्री, निशा क्षेत्री, कमला क्षेत्री र हरि क्षेत्री रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार