


लुधियाना । पंजाब राज्यको लुधियानामा अखिल भारत नेपाली एकता मंचका दुई दर्जन बढि कार्यकर्ताहरूले सो संगठन परित्याग गरि सामुहिक रुपमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूलाई १२ जनवरी २०२५ को सम्पन्न मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति लुधियाना सिटि एवं फोकल प्वाइन्ट नगर समितिको संयुक्त आयोजनामा सम्पन्न कलाकार सम्मान एवं सदस्यता वितरण कार्यक्रमको सन्दर्भमा नवप्रवेशीहरूलाई प्रवेश गराईएको हो।
समारोहमा नवप्रवेशीहरूलाई समाजका केन्द्रीय सचिव एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, केन्द्रीय सदस्य दिनेश खड्का, केन्द्रीय सदस्य कुल बहादुर बगाले एवं केन्द्रीय सल्लाहकार राजकुमार शाहीले संयुक्त रुपमा सदस्यता प्रदान गर्नुका साथै फूलमाला र टीका अबिर लगाएर स्वागत गर्नु भएको हो ।
अखिल भारत नेपाली एकता मन्च परित्याग गरि मूल प्रवाहमा प्रवेश हुनेहरूमा इन्द्र सिंह नागरीको नेतृत्वमा लाल बहादुर नेपाली, लाहुरे भुल, राकेश भुल, राहुल भुल, शंकर भुल (ए), राम नेपाली, टेक बहादुर बोहरा, केशव भुजेल, मोहन भुल, सुरज परियार, कृष्ण कटुवाल, निशान धामी, कमल सागर, भरत परियार, अमृत भुल (बि), सागर भुल, हर्क भुजेल, बाजि भुल, विजय भुल, गणेश बहादुर नागरी, लक्ष्मण मल्ल लगाएत रहनु भएको छ ।
कार्यक्रममा सिटि नगर समिति अन्तर्गत हेवोवाल डेयरी कम्पलेक्स एरिया समिति गठन गरिएको छ । भेलाले इन्द्र सिंह नागरीको अध्यक्षतामा २१ सदस्यीय एरिया समिति गठन गरिएको छ । जस्माः उपाध्यक्ष– लाल बहादुर नेपाली, सचीव– गोविन्द बिसी, सहसचीव– निसान धामी, कोषाध्यक्ष– राम नेपाली र सदस्यहरूमा क्रमशः टेक बोहरा, कमल सागर, बाजे भुजेल, अमृत भुजेल, मोहन भुजेल, लाहुरे भुजेल, शकर भुजेल, राहुल भुल, विजय भुल, राकेश भुल, सागर भुल, हरिश भुल, बाजी भुल, केशव भुल र शिव परियार रहनु भएको छ।
नवगठित समितिको घोषणा मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खड्काले गर्नु भएको थियोे ।
समारोहमा गत २२ डिसेम्वर २०२४ को सम्पन्न सुदुर पश्चिमोत्तर क्षेत्रीय साँस्कृतिक प्रतियोगितामा द्वितीय स्थान प्राप्त गर्न सफल लुधियानाको साँस्कृतिक टिमका कार्यकर्ताहरूलाई केन्द्रीय सचीव प्रेम सापकोटा, केन्द्रीय सदस्य दिनेश खड्का, कुल बहादुर बगाले र केन्द्रीय सल्लाहकार राजकुमार शाहीले नगर समितिको तर्फबाट सम्मान पत्र दिएर कलाकारहरूलाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रम गोविन्द परियारको संचालनमा तथा खुम बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । उपस्थिति सबैलाई उदय सिंह चंदले स्वागत गर्नु भएको थियो ।